कांग्रेसको दोस्रो जागरण अभियान सकिँदै, कसले कहाँ सम्वोधन गर्दै  ?

Yugnepal     666 पटक पढिएको    

कांग्रेसको दोस्रो जागरण अभियान सकिँदै, कसले कहाँ सम्वोधन गर्दै  ?

काठमाडौं । नेपाली काँग्रेसले गत भदौ २४ गतेदेखि थालेको दोस्रो चरणको जागरण अभियान मंगलबार ९असोज ७० गते सकिँदैछ । 

७७ वटै जिल्लामा मंगलबार काँग्रेस नेताहरुले सरकारको विरोधमा विभिन्न कार्यक्रम गर्दैछन् । हरेक क्षेत्रमा काँग्रेसले केन्द्रीय प्रतिनिधिहरु खटाएको छ । 

यसअघिका दिनमा काँग्रेसले कार्यकर्तालाई जागरुक गराउनेदेखि सुभेच्छुक मतदाताहरुलाई भेट्ने काम गरेको छ भने अन्तिम दिन सरकारको भण्डाफोर गर्ने योजना रहेको काँग्रेस पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

उनले भने, ‘सरकारको अप्रजातान्त्रिक गतिविधि, अलोकतान्त्रिक व्यवहार, भ्रष्टाचार, कुशासन लगायतको भण्डाफोर गर्दै विरोध गर्न लागिएको जनाए । 

देउवाको कार्यक्रम स्थगित
सबै क्षेत्रमा केन्द्रीय प्रतिनिधिहरु खटिएका भए पनि शीर्ष नेताहरुले अन्तिम दिन विशेष ठाउँमा संवोधन गर्दैछन् । 

काँग्रेस सभापति शेरबहादुर देउवाले कैलालीमा संवोधन गर्ने कार्यक्रम भएकोमा अन्तिम समयमा आएर कार्यक्रम स्थगित भएको छ । 

चिनियाँ विदेश विभागका प्रमुखसंग भेट गर्ने कार्यक्रम तय भएपछि उनको कैलाली जाने कार्यक्रम स्थगित भएको मुख्यसचिव पौडेलले जानकारी दिए । 

अन्य नेताहरुको कार्यक्रम यस्तो छ –
वरिष्ठ नेता रामचन्द्र पौडेल – रोल्पा
उपसभापति विमलेन्द्र निधि – कैलाली
उपसभापति विजयकुमार गच्छदार – भक्तपुर
महामन्त्री डा शशांक कोइराला – खोटाङ
सहमहामन्त्री डा प्रकाशशरण महत – अछाम
कोषाध्यक्ष सीतादेवी यादव – ललितपुर
कृष्ण सिटौला – सुनसरी
महेश आचार्य – कास्की
एनपी साउद – धनुषा
गगन थापा – केही दिनदेखि प्रदेश २ का विभिन्न जिल्लामा । 



मङ्गलबार ०७, असोज २०७६ ११:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal