कृतिम अभाव श्रृजना गर्ने ब्यवसायीलाई कारवाही हुने

Yugnepal     817 पटक पढिएको    

कृतिम अभाव श्रृजना गर्ने ब्यवसायीलाई कारवाही हुने

तुलसीपुर। चाडपर्वमा कुनै पनि वस्तुको किर्तिम अभाव श्रृजना नगर्न तुलसीपुर उद्योग वाणिज्य संघले आम व्यवसायीहरुलाई आग्रह गरेको छ । संघले चाडपर्वका नाममा उपभोक्ताहरुलाई चर्को मूल्यमा मालसामान विक्री वितरण गर्ने तथा कुनै पनि अखाद्दे वस्तुहरु विक्री गर्ने व्यवसायीलाई तत्काल कारवाही गर्ने जनाएको छ ।

संघको आज सनिवार वसेको नियमित बैठकमा वोल्दै संघका अध्यक्ष विर वहादुर रावतले चाडपर्वलाई व्यवसायीले अवसरका रुपमा नभएर सेवा र सर्वसुलभ तरिकाले बजारमा दैनिक उपभोग्य वस्तु विक्री वितरण गर्नु पर्ने बताएका छन् ।

अध्यक्ष रावतले चाडपर्वमा दैनिक उपभोग्य वस्तुको सही मुल्य कायम गरी म्याद सकिएका वस्तुहरु तत्काल पसलवाट हटाउन समेत अनुरोध गर्नु भएको छ । वाणिज्य संघले खाद्य , फलफूल , तरकारी, मासु र अन्य उपभोग्य सामाग्रीहरुको विक्रिका वारेमा विभिन्न माध्यमवाट अनुगमन भैरहेको समेत प्रष्ट पार्नु भयो ।  बैठकमा बोल्ने वक्ताहरुले तुलसीपुरलाई सफा सु्न्दर र चहलपहल हुने स्थानहरुमा विशेष सुरक्षा निगरानी बढाउने समेत सुझाव दिएका छन् ।

कार्यक्रममा निवर्तमान अध्यक्ष विमल रिजालले यश क्षेत्रको बिकास गर्न सबै दलका नेता तथा जनप्रतिनिधिको सक्रियता बढनुपर्ने बताए । उनले निजि क्षेत्रको सहकार्यमा हुने हरेक सकारात्मक र ब्यबसायिक गतिविधिलाई आफुहरुले हातेमालो गर्न तयार रहेको समेत जानकारी दिए ।

कार्यक्रममा बाणिज्य सङघमा विभिन्न पदमा रहि अध्यक्षको समेत भुमिका कुशलता पुर्वक निर्बाह गरेको भन्दै निबर्तमान अध्यक्ष बिमल रिजाललाई मानार्थ सदस्यता प्रदान गरिएको छ ।

दस बर्ष भन्दा बढि निरन्तर सङघको बिकासमा योगदान पुर्याउएको भन्दै रिजाललाई मानार्थ सदस्यता प्रदान गरिएको महासचिव रुपबहादुर खत्रीले जानकारी दिए ।

कार्यक्रममा बोल्ने बक्ताहरुले चाडपर्वमा ब्यबसायिहरु चनाखो ब्यबसायमा लाग्नुपर्ने बताएका थिए । उनिहरुले उपभोक्तालाई असरपर्ने कुनै पनि गतिविधि भएको पाईएमा तत्काल बाणिज्य सङघमा जानकारी गराउनुपर्ने समेत बताएका थिए ।

कार्यक्रममा पुर्व अध्यक्षहरु चिरञ्जीवी रिजाल ,हेमन्त रिजाल ,प्रेश सल्हाकार शरद रेग्मी केन्द्र तथा प्रदेश सदस्यहरु नरेश राज भण्डारी ,दुर्गाप्रसाद भुषाल,बिमल पौडेल ,बरिस्ठ उपाध्यक्ष रामप्रसाद चलिसे,उपाध्यक्ष ललित जङग शाह लगायतले बोलेका थिए ।

कोषाध्यक्ष डिल्लीबहादुर वलीले आर्थिक गतिविधिका बारेमा जानकारी गराएका थिए ।

यता तुलसिपुर उधेग बाणिज्य अन्तर्गत किराना ब्यबसायि उसमितिले चाडपर्वमा उपभोक्तालाई  दुई देखि दस प्रतिसत सम्म छुट दिने निर्णय गरेको सयोजक वसन्त कुमार खडगीले जानकारी दिएका छन् ।

बैठकले संविधान दिवसको अबसरमा विभिन्न पदकबाट बिभुषित हुनुहुने महानुभावलाई बधाई ज्ञापन गर्ने निर्णय गरेको छ । नेपाल उधोग बाणिज्य सङघका केन्द्रीय अध्यक्ष भवानि राणा ,उपाध्यक्ष केन्द्रीय सदस्य तथा विभिन्न जिल्लाका अध्यक्ष हरु र दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजाल लगायत अन्य सुरक्षा निकायका प्रमुख तथा विभिन्न सङघसस्थाका प्रतिनिधिहरुलाई समेत बधाई ज्ञापन गरेको छ ।

त्यसैगरी बाणिज्य सङघका बरिस्ठ सदस्य यज्ञबहादुर केसि र कार्यालय प्रमुख पारेश्वर भट्टराई अस्वस्त भई उपचारका लागि अस्पताल भर्ना भएकोमा सिघ्र स्वास्थ लाभको कामना गर्ने निर्णय गरेको सचिब बिनिल केसिले जानकारी दिएका छन् ।



आइतबार ०५, असोज २०७६ ०१:३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal