ईको भिलेज सम्बन्धी परामर्श गोष्ठी सम्पन्न

Yugnepal     2630 पटक पढिएको    

ईको भिलेज सम्बन्धी परामर्श गोष्ठी सम्पन्न

मसुरिया,२१ फागुन
  महिला पुनस्थापना केन्द्र ( ओरेक) को समन्वयमा कैलालीको गौरीगंगा नगरपालिकामा इको भिलेज सम्बन्धी परामर्श गोष्ठी सम्पन्न भएको छ । पर्यावरणीय मैत्री नमुना गाउँ ( इको भिलेज ) बिस्तारमा सरोकारवालाहरुको भुमिका नगरपालिका स्तरीय परामर्श गोष्ठी गरिएको हो । 
   परम्परागत गाउँको रूपमा कृषि विकास, शिक्षा, बाल विकास र स्वास्थ्य लगायतका महिला  सबलीकरणको साथै क्षमता अभिवृद्धि हुने गरि इको भिलेज तयार गर्न नगरपालिकामा परामर्श गोष्ठी गरिएको थियो । गौरीगंगा नगरपालिकामा रहेका सम्पूर्ण वडामा  विभिन्न समुदायको बाहुल्यता र संस्कृतिको आधारमा अध्ययन गरि ईको भिलेज तयार गिरने छ । नगर प्रमुख भिम बहादुर देउवाको अध्यक्षतामा भएको गोष्ठीमा ओरेककी  जिविकोपार्जन व्यवस्थापक सरिता थापाले सहजीकरण गरेकी थिईन ।
ब्यबस्थापक थापाका अनुसार इको भिलेजका लागि बिभिन्न १४ वटा सुचक रहेका छन् । ति सुचक पुरा गर्ने गाउँलाई ईको भिलेज घोषणा गरिने उनले बताईन । यसका लागि आर्थिक सहयोग सम्बन्धित वडाकै रहने र ओरेक नेपालले प्राबिधिक सहयोग गर्ने थापाले बताईन । हाल कैलालीमा गौरिगंगा नगरपालिकालाई पाईलटका रुपमा लिईएको उनले बताईन । मंगलबार सम्पन्न परामर्षमा गौरिगंगाा नगरपालिका ४, ५ ,८ र ११ नंम्बर वडाले तत्काल ईको भिलेजका लागि प्रकृया अगाढी बढाउने प्रतिबद्धता जनाएको ओरेक कैलालीकी बिनु रानाले बताईन ।



मङ्गलबार २१, फागुन २०७५ ०७:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.