सरकारले बिना छलफल ल्याएका विधेयक र नीतिमा सुधार नगरे आन्दोलन – कृष्णमान श्रेष्ठ

Yugnepal     634 पटक पढिएको    

सरकारले बिना छलफल ल्याएका विधेयक र नीतिमा सुधार नगरे आन्दोलन – कृष्णमान श्रेष्ठ

काठमाडौं । सरकारले कुनै छलफल बिना नै ल्याएका कतिपय विधेयक र नीतिले नेपालको ब्यवसायिक क्षेत्र डामाडोल हुने नेपाल चेम्वर अफ कमर्श प्रदेश नम्बर ३ का अध्यक्ष कृष्णमान श्रेष्ठले बताएका छन् ।

तारकेश्वर नगरपालिकामा चेम्बर अफ कमर्सको गठनसँगै कार्यसमितिका पदाधिकारीहरुको पदस्थापना एवं विजयादशमी, शुभदिपावली, छठ र नेपाल संवतको शुभकामना आदानप्रदान कार्यक्रम बोल्दै श्रेष्ठले यस्तै अवस्था रहे व्यवसायीहरु व्यापार व्यवसाय छोडेर आन्दोलमा उत्रने चेतावनी दिए ।
 
कार्यक्रमका वक्ताहरुले सरकारको यस्तै रवैया रहे नेपालका ठूला व्यवसायीहरु व्यवसायमा तालाबन्दी गरेर आन्दोलनमा उत्रिने अवस्था सिर्जना हुने भन्दै सरकारलाई यस बिषयमा बेलैमा सजक हुन आग्रह गरे । 

कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्स काठमाडौं तथा ३ नम्बर प्रदेशका अध्यक्ष श्रेष्ठले सरकारले ल्याउने तयारी गरेको कानुनले नेपालमा व्यापार गर्न सक्ने अवस्था नरहेको उल्लेख गर्दै छिटोभन्दा परिमार्जन गर्नुपर्ने बताए । 

उनले भने, ‘हामीमाथि नै लगाउन ल्याइएको कानुन हामीसँग नै छलफल छैन।’ सरकारले धेरै कानुन हचुवाको भरमा ल्याउने गरेको उदाहरण दिँदै उनले भने, ‘पत्रकारहरुको लागि ल्याएको कानुन होस् या चिकित्सकको लागि ल्याएको कानुन होस् सबैमा सरकार पछि हट्दै संसोधनको लागि तयार भएको छ। यसैबाट के प्रष्ट हुन्छ भने सरकारले हचुवाको भरमा कानुन ल्याउने गरेको छ।’
 
सरकारले ल्याउन लागेको कानुन देश, जनता र व्यापारको हितमा नरहेको हुँदा तत्काल सच्याउन सरकारलाई श्रेष्ठले आग्रह गरे। सरकारले नै ल्याएको व्यवसाय दर्ता प्रक्रियाको बारेमा बोल्दै उनले भने, ‘व्यवसाय दर्ता प्रक्रियामा कसैको बिमति छैन । तर दर्ता प्रक्रियाको नाममा धेरै ठाउँ धाउनुपर्ने र रकम पनि धेरै लाग्ने हुँदा ब्यबसायमा लागत बढ्ने हुन्छ। जसको असर देशका नागरिकलाई पर्न जान्छ।’

नीति नियम बनाउन बैज्ञानिक प्रवृत्ति अपनाउन श्रेष्ठले सुझाव दिए। पहिले थुन्ने अनि सुन्ने सरकारी नितिले गर्दा समाजमा ठूलो भयावह फैलिने भन्दै देशले ब्यापारीहरुलाई सहि नीति दिन नसके राष्ट्र असफल हुने श्रेष्ठले बताए।  देश असफल राष्ट्र हुनबाट बचाउन बेलैमा सबै लाग्नुपर्ने कुरामा उनले जोड दिए।



आइतबार ०५, असोज २०७६ १२:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal