कञ्चनपुरमा केन्द्रीय कार्यालय रहेको कञ्चन डेभलपमेण्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०७५÷२०७६ मा बैंकले ५ अर्व ९२ करोड ८८ लाख निक्षेप संकलन गरेको धनगढी शाखा प्रमुख गणेश सिं कार्कीले बताएका छन् । उनले दिएको जानकारी अनुसार वैंकले आर्थिक वर्ष २०७५÷२०७६ मा कर्जा लागानी ४ अर्व ७९ करोड ४२ लाख बैंकले कर्जा लगानी गरेको छ भने बैंकका ग्राहक भन्डै १ लाख ६० हजार र १७ वटा शाखा र ३ वटा कारोवार गर्ने काउन्टर रहेको शाखा प्रमुख गणेश सिं कार्कीले बताए । बैकका शाखा भएका जिल्लाहरु कैलाली, कञ्चनपुर, डडैलधुरा, बैतडी, डोटीे रहेका छन् भने डोटीमा कारोवार सुरु भईसकेको यसै महिना भित्र शाखा कार्यालयको उद्घाटन गरीने बैंकका संचालक हिक्मत बहादुर शाहले बताए । बैंकले १८ वटा शाखाहरु बाट ५४ जना गरिव,जेहेन्दार अति विपन्न वर्गका विध्यार्थी हरुलाई छात्र वृति वितरण गरेको पनि बैंकका संचालक हिक्मत बहादुर शाहले बताए । बैंकको अधिकृत पुँजी ६० करोड जारी पुँजी ५३करोड १३ लाख र चुक्ता पुँजी ५३ करोड १३ लाख रहेको शाखा प्रमुख कार्कीले बताएका छन् ।
कञ्चन डेभलपमेण्ट बैंक लिमिटेडको १० औं वार्षिक उत्सव तथा साधारण सभाको अवसर पारी धनगढीमा रहेको आमाको मायाँ छात्र वासमा रहेका अनाथ बालबालीका हरुलाई कम्ल , विस्तरा तकिया तन्ना लोटा थाली लगायतका समाग्रीहरु वितरण गरेको छ । नेपाल राष्ट्र बैंकबाट ’ ख ’ वर्गको विकास बैकको रुपमा स्वीकृति प्राप्त गरेको बैंकका संचालक हिक्मत बहादुर शाहले बताए ।
प्रतिकृया दिनुहोस