काठमाडौंबाट नेपालगञ्जका लागि उडेको विमान धनगढीमा अवतरण

Yugnepal     732 पटक पढिएको    

काठमाडौंबाट नेपालगञ्जका लागि उडेको विमान धनगढीमा अवतरण

 

काठमाडौंबाट नेपालगञ्जका लागि उडेको बुद्ध एयरको विमान मौसममा आएको खराबीका कारण धनगढी विमानस्थलमा अवतरण गरिएको छ। काठमाडौंबाट ६४ जना यात्रु सहित बुधबार साँझ ६ बजेर १५ मिनेटमा काठमाडौँबाट उडेको विमानतीव्र गतीमा चलेको हावा र वर्षाका कारण नेपालगञ्जमा अवतरण हुन नसकेपछि धनगढी विमानस्थलमा अवतरण गरिएको  बुद्ध एयर नेपालगञ्जका प्रमुख विनित शाहले बताए।  

उनले केहीबेर आकाशमै फन्को लगाएर अवतरण गर्ने प्रयास विफल भएपछि धनगढीमा अवतरण गरिएको हो। उक्त विमान बिहीबार बिहान ७ बजे धनगढीबाट यात्रु लिएर नेपालगञ्जका लागि उडेको बताईएको छ। नेपालगञ्जमा बुधबार बिहानैदेखि अविरल वर्षा भए पनि नेपालगञ्ज विमानस्थलबाट हुने अन्य नियमित उडान भने नरोकिएको नेपालगञ्ज नागरिक उड्डयन कार्यालयले जनाएको छ।
दिनेश खवर बाट

 



बिहिबार ०२, असोज २०७६ ११:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.