इमरान खानलाई हिन्दू सांसदले सोधे – कहिलेसम्म हिन्दूले लाश उठाइरहन्छन् ?

Yugnepal     745 पटक पढिएको    

इमरान खानलाई हिन्दू सांसदले सोधे – कहिलेसम्म हिन्दूले लाश उठाइरहन्छन् ?

काठमाडौं । पाकिस्तानमा हिन्दूहरुले पीडा खेपिरहेको अवस्थामा हिन्दू सांसदले संसद बैठकमै प्रधानमन्त्री इमरान खानमाथि गम्भीर प्रश्न खडा गरेका छन् । 

पाकिस्तानमा अल्पसंख्यकहरुमाथि अपहरण, हत्या, दुस्कर्मसंगै धर्मान्तरणजस्ता गलत कामहरु भइरहेको सन्दर्भमा एक हिन्दू सांसदले संसदमा प्रश्न उठाएका हुन् । 

पाकिस्तान मुस्लिम लिग नवाजका सांसद खली दास कोहिस्तानीले संसदमा भने, ‘बिगत चार महिनामा २५ देखि ३० हिन्दू युवतीको अपहरण भयो । उनीहरु कहिल्यै फर्केनन् । यो अत्याचार कहिलेसम्म जारी रहने हो ? हिन्दूहरु कहिलेसम्म लाश उठाइरहन्छन् ? कहिलेसम्म मंन्दिर जलाइन्छन् ?

सिन्धका अल्पसंख्यक शाखाका प्रमुखसमेत रहेका कोहिस्तानीले यस्ता घटनाहरु केबल सिन्धको घोटकी र उमरकोटमा सबैभन्दा बढी किन भइरहेका छन् ? भन्दै प्रश्न गरे । यो आगो नरोकिए पुरै सिन्धमा फैलिने पनि उनले बताए । 

उनले सरकारको जिम्मेदारी यस्ता मानिसमाथि नियन्त्रण लिनु भएको पनि बताए । हालै सिन्धको लरकानामा एक हिन्दू मेडिकल छात्राको संदिग्ध परिस्थितिमा मृत्यु भएको थियो । छात्राका परिवारले उनको हत्या भएको दावी गरेका छन् ।  



बिहिबार ०२, असोज २०७६ १०:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal