बार्सिलोना बर्सियो, १६ वर्षे फातीले खिचे ध्यान

Yugnepal     927 पटक पढिएको    

बार्सिलोना बर्सियो, १६ वर्षे फातीले खिचे ध्यान

काठमाडौं । डिफेन्डिङ च्याम्पियन बार्सिलानाले स्पेनिस लिग फुटबलमा फराकिलो जित निकालेको छ । शनिबार राति घरेलु नोउ क्याम्पको मैदानमा भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ५–२ गोल अन्तरले हराएको हो ।

बार्सिलोनाको जितमा लुइस स्वारेजले २ तथा अंशु फाती, डी जोङ र जेरार्ड पिकेले १–१ गोल गरे ।

१६ बर्षका फातीले पहिलो रोजाईमा बार्सिलोनाबाट खेल्दै दोस्रो मिनेटमा गोल गरेर चमत्कार गरेका थिए ।

उनले दुई खेलमा २ गोल गरिसकेका छन् । 

भ्यालेन्सियाबाट गामिरो र गोमेजले समान १–१ गोल गरेका थिए ।

शनिबार रातिका अन्य खेलको नतिजा
मयोर्का ०–० एथलेटिक बिलबाओ
रियाल मड्रिड ३ (करिम बेन्जेमा २, कासिमिरो १० –२ लेभान्ते ९मायोरल, मेलेरो) 
लेगानेस ०–३ भिल्लारियल
रियाड सोसिडाड २–० एथलेटिको मड्रिड

अंक तालिका
४ खेलबाट ९ अंकसहित रियाल मड्रिड शीर्ष स्थानमा छ । ८ अंकको रियाल मड्रिड दोस्रो, समान अंकबाटै बिलबाओ तेस्रो स्थानमा छ । 

७ अंकबाट बार्सिलोना चौथो तथा सेभिया र रियाल सोसिडाड पाँचौं र छैटौं स्थानमा छन् । 



आइतबार २९, भदौ २०७६ १०:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.