विमानस्थललाई आधुनिकीकरण गर्न जग्गा अधिग्रहण गरिने मन्त्री भट्टराई

Yugnepal     760 पटक पढिएको    

विमानस्थललाई आधुनिकीकरण गर्न जग्गा अधिग्रहण गरिने  मन्त्री भट्टराई


धनगढी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले धनगढी बिमानस्थललाई चौविसै घण्टा सञ्चालन हुने गरी आधुनिकीकरण गरिने बताए छन् ।

कैलाली उद्योग वाणिज्य संघले शनिबार धनगढीमा आयोजना गरेको स्वागत कार्यक्रममा नागरिक उड्डयन मन्त्री भट्टराई स्तरोन्नति गर्न सरकारले यसै आर्थिक बर्षमा काम गर्ने गरी छुट्ट्याइएको बताएका हुन् । उनले धनगढी बिमानस्थलमा सुविधाहरु थप्नका लागि यसै वर्ष जग्गा अधिग्रहण गरिने बताए ।
प्रत्येक प्रदेशका राजधानीमा रहेका बिमानस्थलहरुलाई आधुनिकिकरण गर्ने योजना सरकारले अगाडि सारेको मन्त्री भट्टराईले बताए । उनले प्रदेशमा राजधानी भएका बिमानस्थललाई बिशेष महत्व दिएर सरकारले काम गरिरहेको बताए ।
मन्त्री भट्टराईले स्थानीय तहका प्रमुखहरुलाई बिमानस्थलको वरीपरी नयाँ संरचना निर्माणका लागि अनुमति नदिन समेत स्थानीय तहका पदाधिकारीहरुलाई अनुरोध गरे । नयाँ संरचना बनाए बिमानस्थल बिस्तार गर्दा भत्काउन निकै बढी रकम खर्च हुने बताउँदै उनले पहिले नै सावधानी अपनाउनुपर्ने बताए ।
मन्त्री भट्टराई पर्यटन प्रवद्र्धनको जिम्मेवारी संघीय सरकार जस्तै प्रदेश सरकार र स्थानीय तहको पनि रहेको बताए । उनले सुदूरपश्चिम प्रदेशको पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्नुका साथै त्यहाँ पर्यटन पूर्वाधार निर्माण गर्नका लागि समेत संघीय सरकारले योजना ल्याएको बताए । उनले प्रदेश र स्थानीय सरकारले समेत सक्दो प्रचार प्रसार गर्नुपर्ने र पूर्वाधार निर्माणको काममा समेत ध्यान दिनुपर्ने बताए ।
‘स्थानीय तहलाई डोजरले बाटो खन्न मात्रै बजेट दिइएको होइन’, मन्त्री भट्टराईले भने, ‘शिक्षा, स्वास्थ्य र पर्यटन प्रवद्र्धनमा पनि स्थानीय तहले बजेट खर्च गर्नुपर्छ ।’

उनले प्रदेश सरकारले मन्दिरमा बजेट खर्च नगरेर पर्यटनको प्रवद्र्धनका लागि पर्यटकीय क्षेत्रमा स्थानीय खानपान संस्कृतिको संरक्षण, पूर्वाधार विकासमा लगानी र अन्य आवश्यक संरचना बनाउने तर्फ ध्यान दिनुपर्ने बताए । सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले मन्दिरमा मात्रै ठूलो बजेट खर्च गरेको छ । प्रदेश सरकारले पर्यटकीय क्षेत्रमा पूर्वाधार विकासमा कुनै पनि लगानी नगरेको जन गुनासो छ ।
मन्त्री भट्टराईले मन्दिरमा खर्च गर्नुभन्दा पर्यटकीय क्षेत्रको पूर्वाधार विकासमा लगानी गर्न प्रदेश सरकारलाई सुझाव दिएको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्ट पनि सहभागी थिइन् ।
यसैगरी, शनिबार नै नेकपा कैलालीले धनगढीमा आयोजना परेको कार्यकर्ता भेटमा सत्तारुढ दल नेकपाका स्थायी समिति सदस्य समेत रहेका मन्त्री भट्टराईले पहिलो दुई वर्ष कानुन र विकासको आधारमा बनाउन वितेको बताउँदै अवको बाटो पूर्वाधार र आर्थिक विकासको बाटो रहेको बताए । ‘अव तिब्र गतिमा आर्थिक र पूर्वाधार विकासमा काम गर्नुपर्ने बेला भएको छ,’ उनले भने, ‘कृषि, यातायात, सामाजिक विकास, उद्योग, पर्यटन, व्यवसाय लगायतका क्षेत्रको विकासमा लगानी गर्नुपर्ने बेला भइसकेको छ ।’
मन्त्री भट्टराईले यस्ता खाले लगानीबाट तत्काल प्रतिफल नआउने गरेको बताउँदै तत्काल प्रतिफल आउने गरी प्रदेश र स्थानीय सरकारले दिने सेवाहरु चुस्त र छरिटो बनाउनुपर्ने बताए । ‘ठूला योजनामा गरिएको लगानीले तत्काल प्रतिफल आउँदैन,’ उनले भने, ‘नेपाली जनताले आजको भोलि प्रतिफल चाहन्छन् । यस्तो बेला ठूला लगानीका साथै कार्यालयबाट प्रबाह गर्ने सेवाहरु चुस्त र छरिटो हुनुपर्छ ।’

उनले सुदूरपश्चिममा सम्पूर्ण पार्टी एकताको प्रक्रिया टुंग्याएकोमा प्रदेश पार्टी कमिटीलाई बधाई दिंदै पार्टीका कार्यकर्ताहरुलाई एकीकृत भएर आर्थिक विकास र समृद्धिका लागि काम गर्न निर्देशन दिए । उनले कुनै पनि ठाउँमा मिलेर बसेको समुदायबीच सद्भाव विग्रन नदिनका लागि पनि पार्टी कार्यकर्ताहरु सचेत रहनुपर्ने बताए ।
शनिबार बिहानै धनगढी आइपुगेका मन्त्री भट्टराईलाई नेपाल एसोसियशन अफ टुर एण्ड ट्राभल एजेन्टस् ९नाटा० सुदूरपश्चिम प्रदेशको पर्यटन प्रबद्र्धनका लागि विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाएको छ । मन्त्री भट्टलाईले शनिबार टीकापुरमा कैलाली होटल व्यवासायी संघले आयोजना गरेको डल्फिन महोत्सव समेत उद्घाटन गर्ने कार्यक्रम छ । महोत्सव उद्घाटनपछि काठमाडौंमा फर्किदा धनगढी बिमानस्थलमा सुदूरपश्चिम प्रदेशको पर्यटन प्रर्बद्धनका कार्यक्रम बारे ब्रिफिङ गर्ने जनाइएको छ ।

 



शनिबार २८, भदौ २०७६ ०७:०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal