२९ लाख ८० हजार अवैध रकम सहित एक भारतीय धनगढीमा पक्राउ

Yugnepal     642 पटक पढिएको    

२९ लाख ८० हजार अवैध रकम सहित एक भारतीय धनगढीमा पक्राउ

जिल्ला प्रहरी कार्यालय कैलालीले २९  लाख ८० हजार अवैध रकम सहित एक जनालाई पक्राउ गरेको छ । भारतीय नम्बर प्लेटमाको गाडीमा अवैध बस्तु रहेको गोप्य सूचनाको आधारमा प्रहरीले भारतीय नागरिक अतुल बर्मालाई उक्त रकम सहित पक्राउ गरेको हो ।

भारतीय नागरिकबाट २५ लाख नेपाली रुपैयाँ र ३ लाख भारतीय रुपैयाँ बरामद गरेको हो । युपी ३१ एके ७३४८ नम्बरको गाडीमा लुकाएर ल्याउँदै गरेको अवस्थामा उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक सुदिप गिरीले बताए ।

उनीसँग छ बटा विभिन्न बैैंकका एटिएम कार्ड समेत प्रहरीले बरामद गरेको छ । उनीबाट विभिन्न खाली चेक समेत भेटिएको छ ।पक्राउ गरेका व्यक्तिको धनगढीमा सुन पसल रहेको प्रहरीले जनाएको छ । ठुलो परिमाणमा रहेको नेपाली रकम उनले किन लुकाएर लैजाँदै थिए भन्ने विषय शङ्कास्पद रहेको प्रहरी प्रमुख गिरीले बताए ।
‘नेपाली रकमको लागि त त्यति समस्या छैन’ उनले भने ‘त्यो रकम पनि किन लुकाएर ल्याइँदै थियो भन्ने विषय भने शङ्कास्पद रहेको छ ।’ पश्चिम टुडे बाट साभार



शुक्रबार २०, भदौ २०७६ ०३:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal