विद्यालय जाँदै गरेकी छात्रामाथि एसिड प्रहार, मेयरले पठाए काठमाडौं

Yugnepal     806 पटक पढिएको    

विद्यालय जाँदै गरेकी छात्रामाथि एसिड प्रहार, मेयरले पठाए काठमाडौं

वीरगन्ज । एसिड प्रहारबाट घाइते भएकी छात्रा मुस्कान खातुनलाई काठमाडौं  पठाइएको छ । शुक्रबार बिहान बिरगंजको गणेशमान चौकमा भएको एसिड प्रहारबाट घाइते भएकी छात्रालाई वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीको आर्थिक सहयोग र पहलमा किर्तिपुरको बर्ण हस्पीटल भठाइएको हो ।

मुसकान खातुनको उपचार भइरहेको नारायणी अस्पतालमा नगर प्रमुख सरावगी आफै पुगी स्थास्थ्य अवस्थाको  बारेमा जानकारी लिएका थिए । त्रिभुवन माध्यमिक विद्यालयमा अध्यनरत बर्ष १५ बर्षिय खातुनको  अवस्था गम्भिर रहेको चिकित्सकहरुको सल्लाह पछि नगरप्रमुख सरावगीले पिडितको अभिभावक रसूल मियालाइ आर्थिक सहयोग गर्दै एम्बुलेन्सको व्यवस्थापन गरि काठमाडौं पठाएका हुन्  ।

नारायणी केन्द्रीय अस्पताल पुगेका नगर प्रमुख सरावगीले खातुनको शिघ्र स्वास्थ्यको  कामना गर्दै कुनैपनि बहाना होस, एसिड प्रहार जघन्य अपराध भएको बताउदै दोसी माथी कडा भन्दा कडा कार्यवाहि हुनु पर्ने बताए।

यस्ता जघन्य अपराधबाट वालिकाहरुलाई बचाउन प्रहरी प्रशासनबाट पनि बिशेष पहलको  आवश्यकता रहेको उनको भनाइ समेत रहेको छ ।

अध्ययनका लागि विद्यालय जाँदै गर्दा मुस्कानमाथि दुई जना युवकले वीरगन्जको गणेशमान चौमामा एसिड प्रहार गरेको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि शुक्रबार बिहान नारायणी अस्पताल लगिएको थियो । प्रहरीले एसिड हान्ने युववहरुको खोजी भइरहेको जनाएको छ ।



शुक्रबार २०, भदौ २०७६ ०१:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal