महोत्तरीको भंगहामा विद्युत् प्राधिकरणको आय काउण्टर

Yugnepal     734 पटक पढिएको    

महोत्तरीको भंगहामा विद्युत् प्राधिकरणको आय काउण्टर

जनकपुरधाम । महोत्तरी जिल्लाका  भंगहा नगरपालिकामा नेपाल  विद्युत् प्राधिकरणको आय काउण्टर शाखा विस्तार गरेको छ ।

मंगलबार एक कार्यक्रम विद्युत प्राधिकरण प्रदेश नम्बर दुई  का प्रमुख मनोज सिंह र भंगहा नगरपालिकाका मेयर  संजिव साहले संयुक्त रुपमा सीतापुर बजारमा गौशाला विद्युत प्राधिकरण अन्तर्गतको आय काउण्टर शाखा कार्यालयका  उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा प्राधिकरण गौशालाका शाखा प्रमुख रोशन सिंह, भंगहा नगरपालिका वडा नम्बर ४ का अध्यक्ष अशोक महतो, वडा  नम्बर ५ का अध्यक्ष शिवकुमार महतो लगायतको उपस्थित रहेका थिए ।

प्रधिकरणका  शाखा विस्तार भएपछि भंगहा नगरबासीलाई विद्युत महसुस तिर्न, मिटर लिन लगायतको प्राधिकरणको कामका सेवा नजिकबाटै पाउने स्थानीय हरु खुसी भएका छन पहिला भंगहा नगरबासीलाई प्राधिकरणको कुनैपनि कामको लागि बर्दिबास जानुपर्ने बाध्यता रहेका थिए ।



मङ्गलबार १७, भदौ २०७६ ०३:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal