काठमाडौं। सिभिल बैंक लिमिटेड र द हबि अटो ट्रेडिङ्गले व्यबसायीक सहकार्य सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। उक्त सम्झौता बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल तथा द हबि अटो ट्रेडिङ्गका तर्फबाट अध्यक्ष उमेश नारायण मानन्धरले हस्ताक्षर गरेका हुन्।
उक्त सम्झौतापत्र अनुरुप द हबि अटो ट्रेडिङ्गबाट ट्याक्टर, कृषि औजार तथा हेभि इक्युपमेन्ट खरिद गर्न ग्राहकहरुलाई द हबि अटो ट्रेडिङ्गको सिफारिसमा सिभिल बैँक लिमिटेडले ७० प्रतिशतसम्म कर्जा सुबिधा प्रदान गर्ने भएको छ ।
बैंकले हाल नेपालभर ९६ शाखाहरु मार्फत सेवा प्रदान गरिरहेको छ ।
प्रतिकृया दिनुहोस