नेप्स नेटवर्क अन्तरगतका एघार बैंक र सातवटा विकास बैंकहरुएटीएम अबरुद्ध भएका छन् । नेप्समा आबद्ध एटीएम नेटवर्कमा ठुलो समस्या आउने संकेत देखिएपछि नेटवर्क सेवा बन्द गरिएको हो । हाल एटीएम सेवाहरु अबरुद्ध छन् । चिनियाँ समुहको ठुलो गिरोहले नेटवर्क ह्याक गरेर अरबौ रकम लुट्ने योजना बनाएको सूचना पाएपछि नेप्सले एटीएम सेवा अबरुद्ध गरेको बताइएको छ । आफ्ना नेटवर्कको रकम जोगाउन यस्तो रणनीति बनाएको हो । नेपाल राष्ट्र बैंकले यस विषयमा प्राविधिक समस्या आएको पृष्टि गरेको छ भने अन्य गतिविधि बुझ्ने क्रममा रहेको बताएको छ । यसअघि शनिबार चिनियाँ गिरोहले दरबार मार्गमा रहेका एटीएमबाट डेड करोड रकम लुटेका थिए । प्रहरीले एटीएमबाट पैसा चोर्दाचोर्दै चिनियाँ पाँच जना नागरिकहरुलाई दरबारमार्गबाट पक्राउ गरेको थियो ।
बैंकिङ खबर बाट
प्रतिकृया दिनुहोस