बैंकमा जागीर गर्ने सोचमा हुनुहुन्छ भने तपाईँको लागि यतिबेला सुनौलो अवसर छ । थुप्रै बैंक तथा वित्तीय संस्थाहरुले ठूलो संख्यामा कर्मचारीको माग गरिरहेका छन् । आफ्नो इच्छा र योग्यताअनुसारको जागीर खाने अवसर तपाईँलाई पर्खिरहेको छ ।
गुराँस लघुवित्त वित्तीय संस्थामा एप्लाई गर्ने म्याद आइतबार सकिँदैछ । संस्थाले ट्रेनी एसिस्टेन्टदेखि एसिस्टेन्ट मेनेजरसम्मका विभिन्न आठ पदमा प्रवीणता देखि स्नातकोत्तर उतीर्णसम्म र अनुभव भएका र नभएका सबैलाई अवसर दिन लागेको छ ।
तिनाउ मिसन डेभलपमेन्ट बैंकले तीन जना शाखा प्रबन्धक मागेको छ । व्यवस्थापन संकायमा स्नातक उतीर्ण गरी तीन वर्ष बैंक तथा वित्तीय संस्थामा काम गरेको अनुभव भएका व्यक्तिले आवेदन दिने पाउनेछन् । आवेदन दिने म्याद सेप्टेम्बर ३ सम्म रहेको छ ।
सालिग्राम लघुवित्त वित्तीय संस्थामा पनि सेप्टेम्बर ३ भित्रमा एप्लाई गरिसक्नुपर्नेछ । संस्थाले जुनियर एसिस्टेन्ट ट्रेनी ९एसएलसी वा एसईई उतीर्ण०, सिनियर एसिस्टेन्ट ९प्लस दुई उतीर्ण र एक वर्षको अनुभव० र ट्रेनी जुनियर अफिसर ९व्यवस्थापनमा स्नातक० मागेको छ ।
जनउत्थान सामुदायिक लघुवित्तले अधिकृत कनिष्ठ अधिकृत९स्नातक उतीर्ण र एक वर्षको अनुभव०, बरिष्ठ सहायक सहायक कनिष्ठ सहायक ९प्रवीणता प्रमाणपत्र तह उतीर्ण र एक वर्षको अनुभव० र प्रशिक्षार्थी सहायक ९एसएलसी वा एसईई उतीर्ण० मागेको छ । एप्लाई गर्ने म्याद भदौ १९ गतेसम्म छ ।
मितेरी डेभलपमेन्ट बैंकले धरानस्थित केन्द्रीय कार्यालयका लागि एक जना डेपुटी मेनेजर ९स्नातकोत्तर उतीर्ण र दुई वर्षको अनुभव०, एक जना मेनेजर वा सिनियर मेनेजर ९स्नातकोत्तर उतीर्ण र दुई वर्षको अनुभव० र सुनसरी, मोरङ, झापा, धनकुटा र उदयपूरका लागि केही संख्यामा अफिस लेभलमा शाखा प्रबन्धक ९स्नातक उतीर्ण र दुई वर्षको अनुभव० मागेको छ । आवेदन दिने म्याद भदौ २९ अर्थात १५ सेप्टेम्बरसम्म रहेको छ ।
दुई वटा वाणिज्य बैंकहरुमा पनि रोजगारीको अवसर छ । सिद्धार्थ बैंक र सिभिल बैंकले कर्मचारी मागेका छन् । सिद्धार्थ बैंकले सेप्टेम्बर ३ भित्रै एप्लाई गर्न आह्वान गरेको छ भने सिभिल बैंकमा एप्लाई गर्ने म्याद सेप्टेम्बर ८ सम्म रहेको छ । बैंकिङ खबर बाट
प्रतिकृया दिनुहोस