सुर्खेत । सुर्खेतमा मरेका गाईगोरुको संख्या ३४ पुगेको छ । नेपालगञ्ज महानगरपालिकाले नियन्त्रणमा लिएर कान्जिहाउसमा राखेका छाडा गाइगोरु चौपाया दैलेख लैजाने भन्दै ल्याएर शुक्रबार सुर्खेतका जंगलमा छाडिएका थिए । यसै क्रममा वीरेन्द्रनगर नगरपालिकाको कट्कुवा जंगलमा २५ वटा र बेउरेनी जंगलमा ९ वटा मृत भेटिएका हुन् ।
शनिबार १ सय ४४ वटा गाईगोरु नेपालगञ्ज फिर्ता पठाइएको प्रदेश प्रहरी प्रमुख डीआइजी पूर्णचन्द्र जोशीले जानकारी दिए । गाइगोरु ल्याउने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको उनले बताए ।
उनले भने, ‘जंगलमा मरेका भेटिएका छन् ।केहीलाई नेपालगञ्ज पठाइसकिएको छ । मरेका गाइहरुको व्यवस्थापन गर्ने काम भयो । हामीले चालकसहित ट्रकहरुलाई नियन्त्रणमा लिएर कसरी गाईगोरु मरे भन्ने विषयमा अनुसन्धान गरिरहेका छौँ ।’
प्रतिकृया दिनुहोस