फोर्स मर्जर नीति आउँदै, कम्जोरलाई बलियोमा गाभ्ने राष्ट्र बैंकको योजना

Yugnepal     987 पटक पढिएको    

फोर्स मर्जर नीति आउँदै, कम्जोरलाई बलियोमा गाभ्ने राष्ट्र बैंकको योजना


नेपाल राष्ट्र बैंकले कमजोर बैंकलाई मजबुत बैंकसँग मर्ज गराउने भएको छ । यसका लागि निर्देशनअनुसार मर्जर प्रतिवद्धता बुझाएका बैंकहरुसँग मर्जरसम्बन्धमा भएको प्रगति विवरण माग्ने राष्ट्र बैंकको योजना छ ।

मर्जर प्रतिवद्धता बुझाए तापनि मौद्रिक नीतिमा भएको सहुलियतले चित्त नबुझेपछि बैंकहरु मर्जरको प्रक्रिया अघि नबढाई बसेका छन् । ती बैंकहरुलाई प्रतिवद्धता अनुसार मर्जर प्रक्रिया अघि बढाउन निर्देशन दिने योजना राष्ट्र बैंकले बनाएको छ ।

फोर्स मर्जरको रणनीति अपनाउँदै
भदौसम्ममा पनि बैंकहरुले आफैँ मर्जर प्रक्रिया अघि नबढाएर राष्ट्र बैंकले फोर्स मर्जर नीति अपनाउनेछ । क्रशहोल्डिङ भएका बैंकलाई मर्जर गराउन विवरण मागिसकेको राष्ट्र बैंकले अब कमजोर र बलिया बैंकहरुको सूचि तयार पारिसकेको छ । राष्ट्र बैंकले सीआरआर, सीसीडी, क्यापिटल एडुकेसी रेसियो, क्यापिटल चार्ज, निक्षेपको विविधीकरण, ऋणको गुणस्तर, इनसाइड र आउट साइड सुपरिभिजन रिपोर्ट लगायतका आधारमा विश्लेषण गरेर कमजोर र बलिया बैंकको सूचि बनाएको छ । स्वतस्फूर्त रुपमा रुपमा मर्जरमा नगए केन्द्रीय बैंकले कमजोर र बलिया बैंकलाई मर्जरमा जान निर्देशन दिने तयारी गरिरहेकोम छ ।
बैंकिङ खबरबाट



बुधबार ११, भदौ २०७६ ०७:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal