भारतीय सेनाको चिनियाँ सेनालाई कडा चेतावनी

Yugnepal     729 पटक पढिएको    

भारतीय सेनाको चिनियाँ सेनालाई कडा चेतावनी

काठमाडौं । भारतीय सेनाले चिनियाँ सेनालाई कडा चेतावनी दिएको छ । भारतीय सेनाले डोकलाम विवादबारे बोल्दै चीनले जति पटक विवादित क्षेत्रमा जान्छ त्यसको दोब्बर भारत जाने बताएको छ । 

इस्टर्न आर्मी कमान्डका प्रमुख लेफ्टिनेन्ट जनरल एमएम नारावले एलएसीमा चिनियाँ सैनिकको घुसपैठबारे भने, ‘यदि चीन १०० पटक विवादित क्षेत्र ९ग्रे जोन० मा गयो भने भारत २०० पटक गएको छ । 

डोकलाममा भारतीय सेना हावी हुँदै आएको दावी भारतीय सेनाको छ । पाकिस्तान–चीन संयुक्त युद्धाभ्यासका बीच मंगलबार नरावले अहिलेको सेना सन् १९६२ को सेना नभएको बताए । 

उनले भनेका छन्, ‘भलै हामीले त्यो युद्ध हार्यौं तर हामीले त्यसलाई कालो दिनका रुपमा हेर्दैनौं ।’


उनले चेतावनी दिँदै भने, ‘यदि चीनले १९६२ को इतिहास नभुल्ने बताउँछ भने हामी पनि भुल्दैनौं । चीनले बिना कुनै तयारी २०१७ मा डोकलाम विवादलाई जन्माएको छ । धम्काएर गराएनौं । मजबुदी तरीकाले खडा भयौं । हामी कुनै पनि खतराको सामना गर्न पूर्णरुपले सक्षम छौं ।’

जम्मू–कश्मीरको मुद्धाको तनावबीच पाकिस्तानले चीनसंग मिलेर युद्धाभ्यास गरिरहेको छ । भारतको उत्तरी लेह शहरबाट  ३०० किलोमिटरको दूरीमा यो अभ्यास भइरहेको हो । 

दुई देशबीचको युद्धाभ्यासलाई देखेर भारतले आफ्नो तयारीलाई तीव्र बनाएको छ । भारतीय सेनाले आफ्नो तयारी सन्तोषजनक रहेको बताएको छ । 

चीनको होटन शहरमा समेत दुई देशका आधुनिक लडाकू विमानले सहभागीता जनाएका छन् । 



बुधबार ११, भदौ २०७६ ११:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal