अदालतले कैद सजाय सुनाएपछि फरार सुवेदी जेलचलान

Yugnepal     739 पटक पढिएको    

अदालतले कैद सजाय सुनाएपछि फरार सुवेदी जेलचलान

स्याङ्जा । बागलुङ् जिल्ला अदालतले कैद सजाय सुनाएको फरार व्याक्तिलाई प्रहरीले पक्राउ गरी जेल चलान गरेको छ । स्याङ्जाको साविक भाटखोला गाविस ८ हाल फेदीखोला गाँउपालिका ३ का ३९ बर्षिय खडानन्द सुवेदीलाई प्रहरीले पक्राउ गरी जेल चलान गरेको हो ।

२०७० साल फागुन ३ गते जिल्ला अदालत बागलुङ्ले ११ महिना २७ दिन कैद सजाय सुनाएको थियो । अदालतले कैद सजाय सुनाएपछि सुवेदी फरार रहदै आएका थिए । भदौ ९ गते खटिएको प्रहरी टोलीले पक्राउ गरी स्याङ्जा जिल्ला अदालतमा पेश गर्दा तोकिएको सजाय भुक्तानका लागि कारगार चलान गर्ने आदेश पछि सुवेदीलाई कारगार चलान गरिएको प्रहरी नायव उपरिक्षक तथा सुचना अधिकारी नविन कृष्ण भण्डारीले जानकारी दिए ।

 अदालतले कैद सजाय सुनाएर फरार रहदै आएका व्याक्तिहरुलाई जिल्ला प्रहरी स्याङ्जाले धमाधम पक्राउ गर्दै आएको छ ।



मङ्गलबार १०, भदौ २०७६ ०२:३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal