पाँचथर। पर्यटन तथा नागरिक उड्यन मन्त्री योगश भट्टराईले अव विकाश र समृद्धिले फड्को मार्ने बताएका छन्। पाँचथरको फिदिममा शनिबार बिहान जिल्ला समन्वय समिती पाँचथरको तेस्रो जिल्ला सभालाई सम्वोधन गर्दे उनले गत वर्ष संविधान कार्यान्वयको आधार वर्ष र अबको वर्ष विकाश र समृद्धिले फड्को मार्ने बर्ष भएको बताएका हुन्
उनले भने,“पहिलो वर्ष संविधान कार्यान्वयनको आधार वर्ष भएको हुँदा हामीहरु त्यहाँ अल्झेका थियौ,अब त्यो वर्ष पूरा भएको हुँदा अब विकाश र समृद्धिले फड्को मार्नेछ।”
उनले राजनितीक दलहरुको प्रस्पिर्धा पनि अव समृद्धि र विकाशनै हो,हिजो जस्तो अव जिन्दावाद, मुर्दावाद भन्दै सडकमा नारा लगाउने,टायर बाल्ने,चक्काजाम गर्ने काम अब समाप्त भइसकेको बताए।
उनले भने,“लोकतन्त्रलाई अझै सुदृढ गर्दे राज्य, ब्यवस्था र जनताको बीचमा खाडलहरु छन्, तिनलाई कम गर्दे जाऊ, यो राज्य, यो ब्यवस्था भनेको हाम्रो हो भने नेपाली जनतामा त्यो मनोभावना स्थापित गरौँ, राज्य र जनतालाई एकीकृत गर्दे लोकतन्त्रलाई अझै सुदृढ गर्ने यो सरकारको दायित्व हो।”
उनले अव सम्भावना भएका पर्यटकिय क्षेत्रहरुको विकाशका लागि आफू कटिवद्ध भएर लाग्ने बताए।
प्रतिकृया दिनुहोस