नग्न कला धार्मिक कि कामुक
– क्याथोड पाउन्ड
पुनर्जागरण कालका कलाकारहरूले कलामा नग्नताको अभ्यास गरेर पश्चिमी कला इतिहासको कोर्स नै परिवर्तन गरे । प्राचीन सोचको पुनरोत्थान र इसाईहरूको उपासनामा तस्बिरको महत्वले कालाकारहरूलाई जीवन्त तस्बिर बनाउन प्रेरित ग¥यो, जसमा उनीहरूले मानव शरीरलाई प्रस्तुत गर्न थाले ।
बम बम बम
नग्न शरीरको प्रतिनिधित्व गर्ने क्षमता कलात्मक प्रतिभाको मापदण्डका लागि मानक बन्यो । विशेषगरी धार्मिक कलामा नग्न शरीरको चित्रण विवादरहित भने हुन सकेन । यद्यपि उक्त नग्न चित्रणका विषयमा धेरै कलाकारहरूको तर्क थियो— उत्कृष्ट ढंगले बनाइएको चित्रले सकारात्मक सन्देश प्रवाह गर्छ । त्यसबाहेक अन्यले भने कामुकता दर्शाउँछन् ।
‘द रेनासा न्युड एट द रोयल एकेडेमी’ले गरेको अध्ययनअनुसार युरोपमा क्रिश्चियन धर्ममा नग्नताको विकास शास्त्रीय र निरपेक्ष रूपमा भएको थियो, जसले धर्ममा नग्नता कसरी हाबी भयो भन्नेमात्र देखाउँदैन, तत्कालीन समयमा नग्नता र कामुकताको आश्चर्यजनक व्यवहार पनि स्पष्ट पार्छ ।
१३ औं र १४ औं शताब्दीबाट क्रिश्चियन कलाहरूमा निरन्तर नग्नता चित्रण गरिएको थियो । ‘इक्जिविसन लिस्ट’का सहसम्पादक जिल बुर्क भन्छन्, “पहिलो पटक नग्न बनाइएको तस्बिर ख्रिस्टको थियो । तर, १४ औं शताब्दीदेखि क्रिश्चियन कला, भक्ति र उपसनाका विषयमा मानवीय प्रवृत्ति बृहत्तर रूपमा परिवर्तन भयो । उनीहरू सहानुभूति प्रकट गर्नतर्फ लागे । ख्रिस्ट र उनका चेलाहरूको पीडा दर्शाउने र भक्तिभाव बढाउने किसिमले तस्बिर प्रस्तुत गर्न थालियो ।”
परिणामस्वरूप, कलाकारहरूले थप वास्तविकता झल्काउने तस्बिर बनाउन थाले । उनीहरूले यशु ख्रिस्टको मात्र नभएर अन्य सन्त र धार्मिक व्यक्तित्वहरूको समेत तस्बिर बनाउन थाले । यसको प्रमाणका रूपमा याडम र इभको तस्बिरलाई लिन सकिन्छ, जुन अल्टरपिसका लागि जान भान एइकले सन् १४३२ मा बनाएका थिए । यसमा घामले डढेको याडमका हात इभको तल्लो पेटमा सुम्सुम्याइरहेको र इभलाई गर्भवतीको रूपमा प्रस्तुत गरिएको थियो ।
भान इक तथा अन्य उत्तरी कलाकारहरूले बनाएका यस्ता नग्न चित्रकलामा सम्पन्न, गम्भीर र परम्परागत चित्रकलाका स्वरूपमात्र नभएर धार्मिक कला र निरपेक्ष विषयहरूसमेत उठान गरेको पाइन्छ । त्यसताका बनाइएका चित्रकलामा नुहाइरहेको, वेश्यालयका दृश्य, थकित मुद्रामा सुन्दर महिलाका तस्बिर बनाइएका थिए ।
नग्न आँखा
उत्तरी कलाकारहरू पनि यस्तो किसिमको नग्न चित्रकलाप्रतिको आम दृष्टिकोण सकारात्मक हुँदै गएकोमा खुशी नै भए । “त्यहाँ विभिन्न किसिमका मनोरञ्जनक विषयवस्तुहरूमा समेत नग्नता झल्किन्छ,” बुर्क भन्छन्, “यो इटालीको सभ्यताविपरीत थियो । त्यहाँका मानिसले महिलाको शरीरका विषयमा बनाउने दृष्टिकोण पश्चगामी र पुरातनवादी थियो । विवाह भइसकेका दम्पतीको हकमा पनि नग्न ग्राहय थिएन । श्रीमानले श्रीमतीलाई नग्न भएको हेर्न रुचाइँदैनथ्यो ।”
इटालियनहरूले महिलाको शरीर कमजोर हुन्छ भन्ने कुरामा विश्वास गर्थे । एरिस्टोटलका अनुसार महिलाहरू गर्भमा हुँदा नै अपूर्ण हुन्छन्, जसले जन्म लिइसकेपछि पनि पूर्णता पाउँदैनन् । त्यसकारण इटालियन कलाकारहरूले उत्तरी कलाकारले बनाएका महिलाका चित्रकला संकलन गरेर राख्ने गर्थे । त्यसकारण १५ शताब्दीसम्मका इटालियन कलाकारले पुरुषको नग्न शरीरलाई नै चित्रमा उतारे, जहाँ अपवादको रूपमा स्यान्ड्रो बोट्टीसेलीको जन्म भयो । उनले इटालीमा बसेरै महिलाका नग्न चित्र बनाउने अभ्यास थालनी गरे ।
मानवीय संस्कृतिको चित्रण र शास्त्रीय अस्तित्वमा आएका तत्कालीन उदाहरण हेरेर कलाकारहरूले प्राचीन चित्रमा आधारित आदर्श चित्रहरू उत्पादन गर्न थाले । लोरेन्जो गिबेर्टीले फ्लोरेन्स क्याथेड्रल ९सी १४०१–३०को ढोकामा ‘हिरो’को स्वरूपमा बनाएको आइज्याकको तस्बिरलाई अधिकांश चित्रकारले पुनर्जागरणकालको नग्न चित्रको शुरुवातका रूपमा लिने गर्छन् । यसमा आइज्याकको छातीको पोटिलो मांशपेशीमा वास्तविकजस्तै देखिने बनाउन कांश प्रयोग गरिएको थियो ।
सन् १४३०–४० मा फ्लोरेन्समा डोनाटीलोले इजरायलका दोस्रो राजा डेभिडको कामुक मूर्ति बनाएका थिए । डेभिडको पातलो ज्यानलाई तत्कालीन समाजले स्वीकार गर्ने किसिमले डिजाइन गरिएको थियो । उक्त मूर्तिकलालाई लिएर बुर्क भन्छन्, “यो एक जवान पुरुषको शरीर निकै कामुक हुन्छ भनेर आम मानिसलाई बुझाउन खोजिएको मूर्तिकला हो ।” त्यस समयमा समलिंगी सम्बन्धलाई गैरकानुनी मानिन्थ्यो । बुर्क भन्छन्, “१५ औं शताब्दीमा आधाभन्दा बढी फ्लोरिन्टिन पुरुषले समलिंगी सम्बन्ध राखेको भन्दै सजाय भोग्नु परेको थियो ।”
सेन्ट सेबस्टियन ९पहिलो क्रश्चियन शहीद०को कथालाई निकै मन पराइन्छ । पुरुषत्वको रूपमा प्रस्तुत हुने सेबस्टियन केवल एक्लो पुरुष भने होइनन् । फ्लोरेन्सस्थित ‘चर्च अफ सेन्ट’ मर्कोमा धार्मिक चित्रकला बनाउने फ्रा बार्टोलोमियोलाई त्यहाँबाट निकालिएको थियो । बुर्कका अनुसार बार्टिलोमियोलाई लखेट्नुको कारण थियो— उनले बनाएका पुरुषका कामुक चित्रकलामा धार्मिक महिलाहरूका आँखा गढ्थे र मनमा विकार धारणा बनाउँथे ।
फ्रा बार्टीलोमियोको चाहना नै कामुक पुरुषको चित्रकलामा महिला आकर्षण बढाउनु थियो भन्नेमा कुनै शंका भने छैन । तर, १५ औं शताब्दीमा यस्ता कुराहरू खुलेर बोल्ने अनुमति थिएन ।
व्यक्तिगत भक्तिका लागि बनाइएको कुमारी शहीद सेन्ट क्याथरिनको चित्रकला पनि कामुक रूपमा प्रस्तुत गरिएको थियो । बाटुलो कम्मरमाथि उठाइएको छाती, कोमल मांशपेशी र सुन्दर शरीरले कामुकता अपिल गथ्र्यो ।
यस्ता किसिमका चित्रकलाले फ्रान्समा पनि आध्यात्मिक र कामुकताको फ्युजनबाट धार्मिक चित्रकलाका लागि प्लेटफर्म तय गरेको थियो । फ्रान्सेली पेन्टर जियन फओक्वेट्सले चाल्र्स सातौंको दरबारमा बनाएको चित्रकलाले यस्तो धार्मिक कलाकारिताको फ्युजनलाई नयाँ उचाइमा पु¥यायो । उनले दरबारमा महारानी अग्नेस सोरेलको चित्र बनाएका थिए । सन् १४५२–५५ मा बनाइएको यो चित्र एक हातले बालक ख्रिस्टलाई समातेको र सोरेलको बायाँ छाती वस्त्रविहीन स्वरूपमा बनाइएको थियो । यसले त्यतिबेलाको समाजलाई हल्लाइदिएको थियो ।
चित्रकलामा भइरहेको यस्तो विकासक्रमका बारेमा चर्च अनविज्ञ थिएन । सन् १५१७ देखि चर्च तथा उपासना गर्ने स्थलबाट यस्ता किसिमका धार्मिक चित्रकलामाथि प्रतिबन्ध लगाइयो । पश्चिमी राष्ट्रका कलाकारले ‘क्रिश्चियन धर्मगुरु तथा सेन्टका चित्रकलाले निरपेक्ष र पौराणिक महत्व दर्शाउने’ प्रतिक्रिया दिए । लुकास क्रनाख ९जर्मन पेन्टर०ले भेनस ९रोमन देवी०का ७६ वटा नग्न चित्र बनाएका थिए । “यसले गर्दा चित्रकारहरूलाई स्वतन्त्रपूर्वक धार्मिक चित्र बनाउने बाटो खुला गरिदियो,” रोयल एकेडेमी म्युजियमका सहायक संरक्षक लुसी चिसवेलले भने ।
त्यसताका नग्न महिलालाई बोक्सीको रूपमा चित्र बनाउने प्रचलन पनि निकै चलेको थियो । त्यस्ता बोक्सीहरूले पुरुषहरूको यौनावेग बढाउने भएकाले नियन्त्रण गर्नुपर्ने आवश्यकता छ भन्ने मान्यताका साथ यस्ता चित्रकला बनाउने प्रचलन बढेको थियो । चिसवेल भन्छन्, “त्यस्ता चित्रकला महिलालाई नराम्री देखाउन नभई यस्ता शक्तिशाली राक्षसी प्रवृत्तिलाई नियन्त्रण गर्नुसँग सम्बन्धित हुन्थे ।”
मानवतावादी साहित्य र कविताप्रति बढ्दो आकर्षणबाट प्रभावित भएर इटालीले पनि बिस्तारै यस्ता शास्त्रीय र धार्मिक रूपमा महिलाका नग्न शरीरको चित्रलाई अंगिकार गर्न थाल्यो । भेनिसस्थित कला स्कुलका कलाकारहरू जर्जियन र टिटियनले पनि महिलाका निकै सुन्दर नग्न चित्र बनाउन थाले । तर, ती चित्र कामुक नभई शास्त्रीय दृष्टिकोणबाट सजाइएका थिए, जसमा अश्लीलताभन्दा बौद्धिकता झल्किन्थ्यो ।
बुर्कका अनुसार जुनसुकै चित्रकला, मूर्तिकला अथवा तस्बिरमा पनि कलाकारको कौशलता भनेको दर्शकमा शारीरिक प्रतिक्रिया उत्पन्न गराउनु हो । उनी भन्छन्, “यदि तपाईं उक्त चित्र वा तस्बिर हेरेर कामुक हुनुभयो भयो भने त्यसलाई कलाकारको सफलता मान्न सकिन्छ ।”
क्रिश्चियन समुदायको शास्त्रीय चित्रकलामा प्रस्तुत गरिने नग्नता एकातिर थियो भने क्याथोलिक धार्मिक चित्रकलामा परम्परागत चित्रकलाको प्रभाव पनि बिस्तारै बढिरहेको थियो । माइकल एन्जेलो र उनका मानवतावादी साथीहरूले सुन्दर शरीर नै मानव सभ्यता र पूर्णताको प्रतीक हो भन्ने कुरामा विश्वास गर्थे । तर, क्रश्चियानिटीका आदर्श व्यक्तित्वहरूको प्राचीन पगान मोडलमा चित्र बनाएर एन्जेलोले क्रिश्चियन कलाकारितामा पुनर्जन्म गराए । उनको निधनपश्चात् भने उनले बनाएका नग्न चित्रकलामा देखिएका गोप्य अंगहरू भने छोपिएको थियो ।
चर्चको भेदभावपूर्ण व्यवहारका बाबजुद एन्जेलोले नग्न चित्रलाई कलात्मक अभिव्यक्तिको उत्कृष्ट माध्यम बनाउन सफल भए । “एन्जेलोले शुरुवात गरेको सिस्टेन च्यापेल पेन्टिङपछि भने अधिकांशले चर्च तथा घरहरूमा नग्न पेन्टिङ बनाउने चाहना राख्न थाले,” बुर्क भन्छन् ।
समयक्रमसँगै सबैभन्दा धेरै नग्न चित्रकलाहरूमा महिलाको प्रभुत्व बढ्न थाल्यो । पछिल्ला दुई शताब्दी भने महिला–पुरुष दुवैका सुन्दर नग्न चित्रकलालाई उत्तिकै मन पराउन थालिएको छ । यसले अश्लीलतालाई परिवर्तनशील समाजले परिभाषित गर्दै जान्छ भन्ने कुरा स्पष्ट पारेको छ । बाह्रखरी
प्रतिकृया दिनुहोस