मानसरोवर गएकी भारतीय महिलाको लेक लागेर मृत्यु

Yugnepal     639 पटक पढिएको    

मानसरोवर गएकी भारतीय महिलाको लेक लागेर मृत्यु

रसुवा । मानसरोवर यात्रा गर्न गएकी एक भारतीय महिला तीर्थयात्रुको लेक लागेर निधन भएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता गोकर्ण थापाका अनुसार मृत्यु हुनेमा भारतको प्रान्त नखुलेको ५५ वर्षीया अर्चना जयप्रकाश मिश्र छिन्  ।

मानसरोवर जानेक्रममा चिनियाँ भूभागमा यही भदौ १ गते उनको निधन भएको थियो ।    ती यात्रुको शव आज बिहान ११।२० बजे रसुवागढी नाकाबाट नेपाल भित्र्याइसकेकाले परीक्षणका लागि हेलिकप्टरद्वारा त्रिवि शिक्षण अस्पताल लाने तयारी भइरहेको प्रहरीले बताएको छ ।
      
यसअघि मानसरोवर जानेक्रममा गत साउन महीनामा लेक लागेर दुई भारतीय तीर्थयात्रीको मृत्यु भएको थियो । साउन १ गते भारतीय नागरिक ५९ वर्षीया स्वराज्यलक्ष्मी भल्लुरु  र साउन ३० गते  ५३ वर्षीय उन्नीहरि एैगाडीपारम्बील को मृत्यु भएको प्रहरीले जनाएको छ ।



सोमबार ०२, भदौ २०७६ ०३:२५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.