निर्मलाका बुवा आमालाई भेटेर देउवाले दिए न्याय दिलाउने प्रतिबद्धता

राजनिति

युग संवाददाता     1108 पटक पढिएको    

निर्मलाका बुवा आमालाई भेटेर देउवाले दिए न्याय दिलाउने प्रतिबद्धता

निर्मलाका बुवा आमालाई भेटेर देउवाले दिए न्याय दिलाउने प्रतिबद्धता 
कञ्चनपुर,१७ फागुन
   विहिवार कंचनपुर पुगेका नेपाली कांग्रेसका सभापति एबं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका परिवारलाई शुक्रबार भेटेर न्याय दिलाउन निरन्तर लागिरहने प्रतिबद्धता ब्यक्त गरेका छन् ।  
नेपाली काँग्रेसका केन्द्रिय सदस्य एनपी साउँद सहित हत्या गरिएकी वालिका निर्मला पन्तको घरमा पुगेका देउवाले नेपाली काँग्रेस निर्मलाको न्यायका लागि निरन्तर लागिरहने बताए ।  देउवाले  निर्मलाका लागि न्याय दिलाउनु लोकतन्त्रमा विश्वास गर्ने सबैको दायित्व रहेकोले यसमा नेपाली काँग्रेस निरन्तर लागिरहेको र अझै पनि न्याय नदिलाउँदा सम्म आन्दोलन जारी रहने बताए । भेटमा निर्मलाकी आमा भने केही बोलिनन् । 
    गत साउन ११ गते भिमदत्त नगरपालिका १८ निम्बुखेडा स्थित घर नजिकै उखुबारीमा मृत अवस्थामा फेला परेकी  १३ वर्षीया निर्मला पन्त बलात्कार पछि हत्याका अभियुक्तलाई पक्राउ गर्न नसकेको विरोधमा काँग्रेसले पटक –पटक प्रदर्शन समेत गरेको थियो । निर्मला पन्तका बलात्कारी र हत्यारालाई कार्वाहीको माग सहित १६ मुद्दा उठाउदै कांग्रेसले देशभर प्रदर्शन गरेको हो । स्थानीय सरस्वती माविमा कक्षा ९ मा अध्ययनरत बालिका पन्त साथीको घरबाट गृहकार्य गरेर घर फर्किने क्रममा बेपत्ता भएकी थिइन् । 
 



शुक्रबार १७, फागुन २०७५ ०२:४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal