पर्यटन मन्त्री अधिकारीको पार्थिव शरीरमा प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा

राजनिति

युग संवाददाता     1906 पटक पढिएको    

पर्यटन मन्त्री अधिकारीको पार्थिव शरीरमा प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा

पर्यटन मन्त्री अधिकारीको पार्थिव शरीरमा प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीलाई राष्ट्रिय झण्डा ओडाएर सम्मान गरेका छन् । प्रधानमन्त्री ओलीले अन्य मृतकहरुको शवमा फूलमाला अपर्ण गरेर श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

बुधबार ताप्लेजुङको पाथीभरा क्षेत्रमा मन्त्री अधिकारीसहित ७ जनाको निधन भएको थियो । मृतकको शव पहिचान भएपछि आज बिहान श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिएको छ ।

 बम बम बम
दुर्घटनामा मन्त्री अधिकारीसहित प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, पर्यटन व्यवसायी आङ छिरिङ शेर्पा, मन्त्री अधिकारीका सुरक्षा गार्ड अर्जुन घिमिरे, नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, निर्देशक ध्रुव भोछिभोया र पाइलट प्रभाकर केसीको मृत्यु भएको थियो ।

नेपाल कम्यूनिष्ट पार्टी नेकपा का नेता समेत रहेका अधिकारीलाई प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाको झण्डा ओढाएका थिए । श्रद्धाञ्जलीका लागि शवहरुलाई बिहान ८ बजे देखि ११ बजेसम्म टुँडिखेलमा राखिने र त्यसपछि परिवारका सदस्यहरुलाई बुझाइने छ । 



शुक्रबार १७, फागुन २०७५ १२:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.