नेकपा सचिवालय बैठक शुक्रबार, ओली बिरामी हुँदा शंकैशंका

Yugnepal     974 पटक पढिएको    

नेकपा सचिवालय बैठक शुक्रबार, ओली बिरामी हुँदा शंकैशंका

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी  नेकपा  को सचिवालय बैठक शुक्रबार ३ बजे बस्ने गरी टुङ्गिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य प्रतिकूल रहेकाले बिहीबार अनौपचारिक रुपमा बैठक बसेको र शुक्रबार पुनः बैठक बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।   
     
सहमति जुट्न नसकेको विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै यसअघि दुई पटक स्थगित भएको थियो ।

नेकपाको स्कुल विभागमा टुङ्गो नलाग्दा बैठक पटकपटक सारिँदै आएको छ । उक्त विभागमा प्रवक्ता श्रेष्ठसहित सचिवालय सदस्य झलनाथ खनाल, ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य घनश्याम भुसाल र वेदुराम भुसाललगायतको दाबी रहेको बताइएको छ ।

यसअघि साउन १३ गते बैठक बसेको थियो ।     

बिहीबार अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएका कारण बैठक बस्न नसकेको जनाइएको थियो । ओलीलाई ज्वरो आएको भनिए पनि अवस्था अलि असहज भएकाले पुनः सिंगापुर लैजाने चर्चा समेत चलेको छ ।
 

 



शुक्रबार ३१, साउन २०७६ १०:३२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal