नयाँ दिल्ली । पीएम नरेन्द्र मोदीले मशहूर वाइल्ड लाइफ प्रोग्राम शो मेन भर्सेज वाइल्डु मा सहभागी भएका छन् । यस क्रममा पीएम मोदीले आफ्नो जिन्दगीसँग जोडिएको कैयौं अहम किस्साको बारेमा बताइएको छ। पीएम मोदीले प्रकृति र हिमालयबाट आफ्नो लगावका कारण समेत बताएका थिए । उत्तराखण्डको जिम कर्बोटमा सुट गरिएको यस कार्यक्रममा पीएम मोदी र होस्ट बेयर ग्रिल्सले वाइल्ड लाइफ र प्रकृतिलाई संरक्षित गर्नको लागि समेत पर्याप्त मात्रामा चर्चा गरेका थिए ।
४ किमी हिँडेर मोदीसँग भेटेका थिए ग्रिल्स
पीएम मोदीसँग पाससम्म बेयर ग्रिल्स एक हेलिकप्टरबाट पुगेका थिए । जुन ठाउँमा उनको भेटघाट पीएमसँग हुनेवाला थियो । त्यहाँसम्म पुग्नको लागि ग्रिल्सलाई ४ किलोमीटरसम्म हिँड्नु परेको थियो । त्यस ठाउँमा पुग्नु भन्दा पहिले पीएमले ग्रिल्सका साथ यस कार्यक्रममा हुनु आफ्नो अलग अनुभव रहेको बताएका थिए । पीएमले भनेका थिए उनको साथ यो दुनियाँको लागि समेत अलग किसिमको अनुभव हुनेछ । पीएमले आफ्नो कारबाट उत्रिएसँगै ग्रिल्सको भारतमा स्वागत गरेका थिए । पीएमले पछि ग्रिल्सलाई जिम कर्बेटको बारेमा विस्तारले जानकारी दिएका छन् ।
जल, जंगल, हिमालयको बारेमा भयो कुरा
पीएम र ग्रिल्सका बारेमा बीच प्रकृति, जंगल, हिमालयलाई लिएर पर्याप्त मात्रामा कुराकानी भएको थियो । पीएमले भने, यदि हामी प्रकृतिसँग संघर्ष गर्दथे भने यो प्रकृतिका साथ सबैको लागि खतरनाक हुन्छ । तर, हामी प्रकृतिसँग सन्तुलन बनाइराख्ने हो भने उनीहरुले पनि हामीलाई मद्दत गर्दछन् । पीएम मोदी र ग्रिल्सको चर्चाको क्रममा एक हात्तीसँग भेट भएको थियो । मोदीले त्यही बेलामा ग्रिल्सको ध्यान त्यस तर्फ आकर्षित गरेका थिए ।
ुटाइगरसँग नडराउनु, भगवानमा भरोसा गर्नुु
जंगलमा चल्दै गरेका ग्रिल्सले चिन्ता जनाए कि यहाँ आसपास टाइगर पाइन सक्छ । ग्रिल्सले यो पनि भने, मेरो लागि सबैभन्दा धेरै चिन्ताको कुरा यो हुन्छ कि यहाँ आसपास पर्याप्त मात्रामा बाघहरु हुनसक्छ । जसबाट हामीलाई खतरा हुन्छ । यसमा पीएमले भने, यो टाइगरको नै इलाका हो ।ग्रिल्सले एक काठको लौरो र चक्कुको मद्दतले आफ्नो सुरक्षाको लागि एक हथियार तयार गरे । ग्रिल्सले भने, तपाईं पनि (पीएम मोदी) देशको महत्वपूर्ण व्यक्ति हो। तपाईंको सुरक्षा मेरो प्राथमिकता हो। यसमा पीएमले भने कि ईश्वरमा भरोसा गर्नुहोस्, उनैले सबैको मद्दत गर्दछन् ।
जब ग्रिल्सले पीएम मोदीलाई चक्कु र हतियार बनाएर दिएका थिए । यो उनको सुरक्षाको लागि थियो । त्यसमा मोदीले भने, कसैलाई मार्नु हाम्रो संस्कार होइन । तर, तपाईंको सुरक्षाको लागि यो म आफ्नो साथमा राख्छु ।
प्रतिकृया दिनुहोस