चालक अनुमतिपत्र  प्रदेश सरकारसँगको समन्वयमा नेपालीकरण गर्न पत्राचार

देश

Yugnepal     1038 पटक पढिएको    

चालक अनुमतिपत्र  प्रदेश सरकारसँगको समन्वयमा नेपालीकरण गर्न पत्राचार

चालक अनुमतिपत्र  प्रदेश सरकारसँगको समन्वयमा नेपालीकरण गर्न पत्राचार

    काठमाडौँ, १७ फागुन
 यातायात व्यवस्था विभागले प्रदेश सरकारसँग समन्वय गरी चालक अनुमतिपत्र नेपालीकरण गर्न यातायात व्यवस्था कार्यालयलाई पत्राचार गरेको छ । 
    
    विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले केही दिन पहिले मात्रै चालक अनुमतिपत्र नेपालीकरणका लागि विभाग नपठाउन पत्राचार गरिएको बताउनुभयो । यसअघि नेपालीकरणको सेवा दिँदै आएका कार्यालयले समस्या आउँदा आवश्यक सूचनाका लागि विभाग पठाउने गरेका थिए । उहाँले भन्नुभयो, “कस्ता कागजात समेट्दा नेपालीकरण गर्ने÷नगर्ने भन्ने निर्णय अब प्रदेशले नै गर्नेछ ।”

    यातायात व्यवस्था कार्यालय गत मङ्सिर २८ मा प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयमा हस्तान्तरण भएको थियो । नेपालीकरणमा कुनै पनि किसिमका समस्या आउँदा प्रदेशकै मन्त्रालयबाट समाधान खोज्नुपर्ने प्रवक्ता उपाध्यायले बताउनुभयो । उहाँका अनुसार कार्यालय प्रदेश सरकारलाई हस्तान्तरण गरे पनि जिम्मेवारी लिइसकेको छैन । उहाँले भन्नुभयो, “विभागले नै यातायात व्यवस्था कार्यालयबाट आएका समस्या समाधान गर्दै आएको थियो ।”

    यातायात व्यवस्था ऐन, २०४९ को दफा ५२ मा विदेशबाट जारी भएको चालक अनुमतिपत्रका आधारमा अधिकारप्राप्त अधिकारीले परीक्षा नलिई चालक अनुमतिपत्र दिनसक्ने व्यवस्था छ । 

    सोही व्यवस्थाका आधारमा विभागले विसं २०७४ देखि यो सेवा शुरु गरेको थियो । एकान्तकुना, सुकेधारा, ठूलो भ¥याङ, जगाति, सुनसरी, पर्सा, रुपन्देही र कास्की कार्यालयले चालक अनुमतिपत्र नेपालीकरण गर्दै आएका छन् । 
––– 
०२–    ‘गौरीगाउँ’लाई पर्यटनको केन्द्र बनाइँदै 

लमही, १७ फागुन
 दाङकै पर्यटनको राम्रो सम्भावना बोकेको तुलसीपुर उपमहानगरपालिका–१० को गौरीगाउँ ताललाई पर्यटनको केन्द्र बनाउन थालिएको छ । एकै स्थानमा सात ताल रहे पनि प्रचारप्रसारमा ओझेलमा परेको भन्दै उक्त ताललाई पर्यटनको केन्द्र बनाउन शुरु गरिएको हो ।

करीब आठ बिघा क्षेत्रमा फैलिएको सो क्षेत्रलाई थप आकर्षण बनाउन पहिलो चरणमा तालको बीच भागमा मन्दिर निर्माण गर्न लागिएको ताल संरक्षण समितिका अध्यक्ष झग्गुप्रसाद बुढाथोकीले जानकारी दिनुभयो । “आठ बिघा क्षेत्रफलमा एकै स्थानमा सात ताल छन्, यी ताल पर्यटकका लागि आकर्षण बन्न सक्छन्” उहाँले भन्नुभयो, “तर पनि प्रचारप्रसार अभावले ओझेलमा छ, त्यसैले यसलाई पर्यटनको केन्द्र बनाउन मन्दिर निर्माण गर्न लागेका छौँ ।”
 
    
दाङमै सबैभन्दा ठूलो क्षेत्रमा फैलिएको एकै ठाउँमा सात ताल रहेको भन्दै यसलाई जिल्लाकै उत्कृष्ट पर्यटन केन्द्रका रूपमा विकास गर्न सकिने उहाँको विश्वास छ । तुलसीपुर बजारदेखि नजिकै रहेको र सडक सञ्जालको पनि सहज पहुँच भएकाले पर्यटनको आकर्षणको मुख्य केन्द्र बन्नसक्ने उहाँले बताउनुभयो । “विकट क्षेत्रका स–साना ताल पनि पर्यटनको केन्द्र बनेका छन्”, उहाँले भन्नुभयो, “बजार क्षेत्रमा रहेको यति ठूलो ताल ओझेलमा परेको छ ।” 

अहिले तालको बीचमा करीब रु एक करोडको लागतमा शिव मन्दिर निर्माण कार्य जारी रहेको मन्दिर निर्माण समितिका अध्यक्ष तथा ताल संरक्षण समितिका सल्लाहकार दानबहादुर खड्काले बताउनुभयो । उहाँका अनुसार निर्माणको काम करीब अन्तिम चरणमा पुगेको छ । मन्दिरलाई यही फागुन २० गते महाशिवरात्रिको दिन उद्घाटन तथा मूर्तिको अनावरण गरिनेछ । तुलसीपुर–१० गौरीगाउँका चारटोलको बीचमा पर्ने उक्त तालको बीचमा निर्माण गर्न लागिएको मन्दिरमा पाँच मूर्ति राख्न लागिएको समेत उहाँले बताउनुभयो । उहाँका अनुसार शिव, गणेश, सूर्य, देवी, विष्णु गरी पाँच मूर्ति राखिने भएको छ । साथै मन्दिरमा पुग्न करीब ४५ मिटरको पुल पनि निर्माण भइरहेको छ ।

वर्षायाममा परेको पानी पोखरीमा जम्मा हुने र त्यो पानी वर्षैभरि रहिरहने गर्छ । यी सातै ताललाई एउटै खण्ड बनाउने र डुङ्गा सञ्चालन गर्नेसमेत योजना रहेको अध्यक्ष बुढाथोकीले बताउनुभयो । त्यसका लागि आवश्यक पानीका लागि बोरिङ खन्ने तयारी रहेको समेत बताउनुभयो । 

वर्षात्को पानी जम्मा भएर वर्षभरि नै नसक्ने भएपछि ती तालमा माछापालन पनि गर्ने गरिएको अध्यक्ष बुढाथोकीले बताउनुभयो । उहाँका अनुसार विभिन्न प्रजातिका माछापालन गरेर वार्षिक रु पाँच लाख आम्दानी गर्ने गरिएको छ । “अहिले हामीले माछापालन पनि गरिरहेका छौँ” उहाँले भन्नुभयो “वार्षिक रु पाँच लाखमा ठेक्का दिएका छौँ ।” अहिले नैनी, रहु, कमनकार, सिल्भरकार, वैखालगायत प्रजातिका माछापालन गर्ने गरिएको उहाँको भनाइ छ । वार्षिक करीब १० क्विन्टल जति माछा उत्पादन हुने गरेको उहाँले बताउनुभयो । 
 



शुक्रबार १७, फागुन २०७५ ११:२२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.