मेघगर्जनसहित वर्षा, यस्तो छ आइतबारको अवस्था

Yugnepal     591 पटक पढिएको    

मेघगर्जनसहित वर्षा, यस्तो छ आइतबारको अवस्था

काठमाडौं । देशभर फेरि एकपटक बदली भएको छ । केही दिन सुधारिएको मौसममा फेरि एकपटक असर देखिएको हो । 

काठमाडौंमा बदली भइरहेको छ । मध्य र पश्चिमका स्थानमा सामान्यदेखि पूर्ण बदली भइरहेको छ । मेघगर्जनसहित वर्षा पनि भइरहेको छ । चट्याङ पनि परेको छ । 

वरिष्ठ मौसमविद् शान्ति कणेलका अनुसार मनसुन पूर्ण रुपले सक्रिय नभए पनि केही रुपले सक्रिय भएको हो । पहाडी भेगमा वर्षा केही दिनको तुलनामा बढेको छ । 

काठमाडौंमा आइतबार रातिदेखि नै भारी वर्षा भएको थियो । बिहानैसम्म परेको वर्षाले असर गरेको छ । उपत्यकामा बिहान केही समय घाम लागे पनि फेरि वर्षाको सम्भावना रहेको कणेलले बताइन् ।  

चितवन लगायतका क्षेत्रमा वर्षा हुने क्रम रहेकाले त्यसले काठमाडौंलाई पनि असर पार्ने देखिएको उनको भनाइ छ  । 

शनिबार राति पूर्वको झापा, मोरङ सुनसरी र आसपासका क्षेत्रमा मेघ गर्जनसहित वर्षा भएको थियो । यो प्रणाली उत्तर पूर्वतिर सर्ने क्रममा चलेकाले सर्तक रहन पनि मौसम पूर्वानुमान महाखाशाले आग्रह गरेको छ । 

मनसुनको न्यून चापिय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर अवस्थित छ जसका कारण नेपालमा मनसुन कम सक्रिय अवस्थामा रहेको छ।  

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापिय रेखा बिस्तारै माथि सरेर औसत स्थानमा आउने संभावना रहेको छ।  

मनसुनको न्यून चापिय रेखाको औसत स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर९प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म जनाउँछ। 

हाल देशको पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली र मध्य तथा पश्चिमका स्थानहरुमा सामान्य बदली रही देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । केही स्थानमा भारी वर्षा पनि भइरहेको छ । 

दिउँसो देशका धेरैजसो स्थानहरुमा सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। देशको पहाडी भूभागका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

राति देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही पश्चिमका केही स्थानहरुमा तथा पूर्वी र मध्यका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशको पहाडी भूभागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहको महाशाखाले जनाएको छ ।



आइतबार २६, साउन २०७६ ११:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal