त्रिशूली दुर्घटनाः मृतकको सङ्ख्या आठ पुग्यो, २० अझै बेपत्ता

Yugnepal     663 पटक पढिएको    

त्रिशूली दुर्घटनाः मृतकको सङ्ख्या आठ पुग्यो, २० अझै बेपत्ता

धादिङ। बेनीघाटरोराङ गाउँपालिका–३ सलाङघाटमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पुगेको छ । मृतकमध्ये दुई जनाको  मात्र सनाखत भएको छ । दुर्घटनामा ज्यान गुमाएका एक महिला, एक बालिका र चार पुरुषको सनाखत हुन सकेको छैन ।

शुक्रबार बिहान सर्लाहीको मङ्लगवाबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख ७४६९ नं बस सडकबाट १०० मिटर तल त्रिशूली नदीमा खसेको थियो । प्रहरी उपरीक्षक राजकुमाव वैदवारका अनुसार दुर्घटनामा तीन जनाको घटनास्थलमा र दुई जनाको चितवनको मुग्लिङ क्षेत्रमा शव भेटिएको थियो । यसैगरी कृष्णभिरमा एक पुरुषको शव तथा चितवनको देवघाटमा दुई महिलाको शव भेटिएको थियो ।  मृत्यु हुनेमा सर्लाहीका ३५ वर्षीय अजय दास र २५ वर्षीय विजय कुर्मीको मात्र सनाखत भएको छ ।

पृथ्वी यायायात समितिमा आबद्ध कृष्ण यातायातको बस अत्यधिक गतिका साथ सलाङस्थित वन क्षेत्रको मोडबाट त्रिशूलीमा खसेको थियो । केही यात्रु पौडी खेलेर त केही भिरमा अड्किएर बाँचेका थिए । दुर्घटनामा घाइते १६ जनाको ट्रमा सेन्टर काठमाडौँमा र बाँकीको अन्य अस्पतालमा उपचार भइरहेको छ । बसमा  ४२ यात्रु, चालक र सहचालक सवार थिए । दुर्घटनामा २० भन्दा बढी यात्रु अझै हराइरहेको र प्रहरीले खोजी गरिरहेको प्रहरी उपरीक्षक वैदवारले बताए ।



शनिबार २५, साउन २०७६ ०२:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal