स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले हतियार र प्रतिवन्धित सामाग्रीसहित दुई जनालाई पक्राउ गरेको जनाएको छ । भीरकोट नगरपालिका ९ का शिव दर्लामी र मोहन सिंजालीलाई पक्राउ गरेको हो । उनीहरुबाट एक थान एयरगन, बम जस्तो देखिने आईडि ५ थान, चन्दा उठाउने रसिद प्याड र विप्लप समुहको विभिन्न दस्तावेदहरु बरामद गरेको प्रहरीले जनाएको छ ।
गल्याङ नगरपालिकामा शंकास्पद गतिविधिमा गरेको आशंका प्रहरीले खानतलासी गर्दा प्रतिवन्धित विप्लव समुहको नेपाल कम्युनिष्ट पाटीको दस्तावेज फेला परेपछि उनीहरुलाई अनुसन्धान गरिएको थियो ।
अनुसन्धानमा दर्लामीको दुईतले घरको गोठमा लुकाई राखेको हतियार बरामद गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख राजकुमार लम्सालले बताए । उनीहरुबाट विभिन्न व्याक्तिलाई धम्काएर ५० लाख चन्दा मागेको १८ थान लेटर प्याड समेत फेला परेको प्रहरी प्रमुख लम्सालले बताए ।
विप्लप समुहका दस्तावेज फेला परेकाले विप्लव समुहकै कार्यकर्ता भएको प्रहरीले अनुमान गरेको छ । उनीहरुको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तीन दिन अगाडी भीरकोट नगरपालिकाकै दुई जनाले विप्लव नेतृत्वको माओवादी पार्टी परित्याग गर्दै प्रेस विज्ञप्ती निकालेका थिए ।
प्रतिकृया दिनुहोस