काठमाडौं । जम्मू–कश्मीरमा अनुच्छेद ३७० हटाइएपछि स्थिति सुधारका लागि नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारले निरन्तर ध्यान दिइरहेको जनाएको छ । राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल कश्मीरमै रहेका छन् ।
समाचार सूत्रहरुलाई मान्दै भारतीय संचारमाध्यमहरुले ७० आतंकवादी तथा अलगाववादीहरुलाई कश्मीरबाट आगरामा सारिएको छ ।
उनीहरुलाई विशेष विमानबाट आगरा सारिएको बताइएको छ । कश्मीरमा अर्को आदेश नभएसम्मका लागि धारा १४४ कायमै रहने छ ।
स्कुल तथा कलेजहरु शनिबारसम्म बन्द रहने छन् ।
जम्मू कश्मीरको स्थिति सुधार र प्रशासनीक काममा निरन्तरता दिन सबै कर्मचारीलाई आदेश जारी गरिसकिएको छ ।
राष्ट्रिय सुरक्षा परिषदका अतिरिक्त सचिव एसएम सहायले केही दिनमै राज्यबाट प्रतिबन्ध हट्ने विश्वास व्यक्त गरेका छन्
प्रतिकृया दिनुहोस