नेविसंघले उडायो कालो बेलुन

सरकार विरोधी नारासहित नेविसंघले उडायो कालो बेलुन

Yugnepal     1136 पटक पढिएको    

 नेविसंघले उडायो कालो बेलुन

 युग समाचार  माघ १८ 


 सरकार विरोधी नारासहित नेविसंघले उडायो कालो बेलुन
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ ९नेविसंघ० ले सरकाविरुद्धको आन्दोलनलाई आक्रामक बनाउँदै लगेको छ । माउ पार्टी कांग्रेसको विरोधका बीच प्रतिनिधिसभा बैठकबाट सरकारले चिकित्सा शिक्षा विधेयक बलजफ्ती पारित गरेको विरोधमा प्रदर्शनमा उत्रिएको नेविसंघले निषेधाज्ञा तोड्दै गएको छ । 

माघ ११ गते विधेयक पारित भएकै दिन नयाँ बानेश्वरमा जारी निषेधाज्ञा तोड्दै सरकारविरुद्ध प्रदर्शन गरेको नेविसंघ आज फेरि सिंहदरबार क्षेत्रमा जारी निषेधाज्ञा तोड्दै प्रदर्शनमा उत्रिएको छ । नेविसंघ कार्यकर्ताले सिंहदरबार मूल गेट अगाडि कालो बेलुनमा सरकार विरोधी नारा लेखेर उडाएका थिए ।

 बम बम बम
नेविसंघ केन्द्रीय सदस्यहरु सुशील भट्ट, जानुका पन्त, पूर्व केन्द्रीय सदस्य गणेश सापकोटा, विद्यार्थी नेताहरु निरन्जन थापा, सुवास घिमिरे, सन्तोष गुरुङ, मंगल गुरुङ, सुदिप अधिकारी, विजय ढुङ्गाना सरकारविरोधी नारा लेखिएको कालो तुलको ब्यानर र बेलुन बोकेर सिंहदरबारको गेटमा पुगेका थिए । 

उनीहरु एकाएक गेट अगाडिको सालिक नजिक पुगेर सरकारविरोधी नारावाजी गर्न थालेपछि प्रहरी हेरेको हेरेई भयो । विद्यार्थी नेताहरुले झण्डै १० मिनेटसम्म नारावाजी गरिरहँदा पनि प्रहरीले कसैलाई पक्राउ गरेन । यसअघिका हरेक प्रदर्शनमा प्रहरीले नेविसंघका नेता–कार्यकर्ताहरुलाई पक्राउ गर्दै आएको थियो ।यसअघि नेविसंघको टोलीले गत मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारको निषेधित क्षेत्र तोडेर सरकारविरुद्ध प्रदर्शन गरेको थियो । प्रधानमन्त्री निवास बालुवाटारको ३ नम्बर गेट नजिकै सिठ्ठी फुक्दै प्रदर्शनमा उत्रिएका नेविसंघका २७ जना नेता–कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 

नेविसंघको यही समूहले गत शनिबार स्वीट्जरल्याण्डबाट स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिभुवन विमानस्थलमै पुगेर कालो झण्डा देखाएका देखाएका थिए । उनीहरुले आइतबार राति सरकारविरुद्ध कोटेश्वरमा राँके जुलुससमेत निकालेका थिए । 

सरकार अनुदार ढंगले चिकित्सा शिक्षा विधेयक पास गरेपछि सदन भित्र र बाहिर सशक्त प्रतिरोध गर्ने कांग्रेसको नीति अन्तरगत नेविसंघ माघ ८ गतेबाट प्रदर्शन गर्दै आएको छ ।

नेबिसघं केन्द्रीय सदस्यहरु सुशील भट्ट, जानुका पन्त, पुर्व केन्द्रीय सदस्य गणेश सापकोटा, बिद्यार्थी नेताहरु निरन्जन थापा, सुवास घिमिरे, सन्तोष गुरुङ, मंगल गुरुङ, सुदिप अधिकारी, बिजय ढुङ्गाना सरकारविरोधी नारा लेखिएको कालो तुलको ब्यानर र बेलुन कोकेर सिंहदरबारको पश्चिमी गेटमा पुगेका थिए । 
उनीहरु एकाएक गेट अगाडिको सालिक नजिक पुगेर सरकारविरोधी नारावाजी गर्न थालेका थिए । 



शुक्रबार १८, माघ २०७५ ०३:२७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.