अमेरिका र टर्की सुरक्षित क्षेत्र सम्झौता सिरियाद्वारा अस्वीकार

Yugnepal     591 पटक पढिएको    

अमेरिका र टर्की सुरक्षित क्षेत्र सम्झौता सिरियाद्वारा अस्वीकार

दमास्कस । अमेरिका र टर्कीले उत्तरी सिरियामा सुरक्षित क्षेत्र स्थापना गर्ने सम्झौतालाई  सिरियाली सरकारले अस्वीकार गरेको सिरियाको विदेश मन्त्रालयले बिहीबार जनाएको छ ।

सिरिया सरकारद्वारा सञ्चालित सञ्चार माध्यम सानाका अनुसार विदेश मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा संयुक्तराज्य अमेरिका र टर्कीले आफैँ शक्तिराष्ट्रको रुपमा चिन्हाएको र बुधबार भएको सम्झौताले अन्तर्राष्ट्रिय कानून र संयुक्त राष्ट्रसंघीय बडापत्रको स्पष्ट उल्लङ्घन भएको बताएको छ ।

विज्ञप्तिमा अमेरिका र टर्कीको यस सम्झौताले  खतरा बढाउने तथा विश्वमा शान्ति र स्थिरतालाई खतरामा पार्नेलगायत  सिरियाली द्वन्द्वबाट मुक्त हुन सम्पूर्ण प्रयासलाई कमजोर पार्ने उल्लेख छ ।

यो सम्झौताले सिरिया विरुद्धको आक्रमणमा अमेरिका र टर्कीको साझेदारी उजागार गरेको उल्लेख गरिएको छ ।सिन्ह्वा



बिहिबार २३, साउन २०७६ ०३:२५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal