देउवा र भट्टराईले भने, गोदावरीमा राजधानी हुनै शक्दैन

राजनिति

Yugnepal     1433 पटक पढिएको    

देउवा र भट्टराईले भने, गोदावरीमा राजधानी हुनै शक्दैन

देउवा र भट्टराईले भने, गोदावरीमा राजधानी हुनै शक्दैन

धनगढी – पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सुदूरपश्चिम प्रदेशको राजधानी कुनै पनि दृष्टिकोणले गोदावरी उपयुक्त नभएको दोहो¥याएका छन्। नेपाल प्रेस युनियन कैलालीले बिहीबार धनगढी विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले भन्दैमा  राजधानी गोदावरीको तेघरीमा उपयुक्त नहुने बताएका हुन्।

तेघरीको जंगल फडानी गरेर राजधानी बनाउनु कुनै पनि दृष्टिकोणले उपयुक्त नभएको देउवाको भनाई छ। उनले तेघरीमा जंगल फडानी गरेर राजधानीका लागि संरचना बनाउनु खर्च गर्ने दाउ मात्र भएको बताएका हुन्। 

भौतिक संरचना निर्माण र कार्यालय व्यवस्थापन खर्चको जोहो गर्न मुस्किल हुने भएकाले तयारी अवस्थामा रहेका संरचनालाई नै प्रयोग गर्न उचित हुने देउवाको भनाई छ। 

यस्तै नयाँ शक्ति पार्टीका संयोजक डा। बाबुराम भट्टराईले पनि प्रदेशको नामाकरण र राजधानीका विषयमा सुदूरपश्चिमका पहाडी जिल्लाका जनता खुसि नभएको बताएका छन्।

केही दिनयता सुदूरपश्चिममै रहेका भट्टराईले काठमाडौं फर्किने क्रममा गेटा विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सुदूर पहाडका जनताले नाम र राजधानी उपयुक्त नभएको गुनासो गरेको जनाए। तर गोदावरीमा राजधानी राख्ने निर्णय सुदूरपश्चिम प्रदेश सभाबाट बहुमतले पारित भइसकेको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले केही  दिन अगाडी सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्दै गोदावरीमा राजधानी उपयुक्त भएको दावी गरेका थिए। देउवा कञ्चनपुर जानेक्रममा धनगढी पुगेका हुन् भने भट्टराई काठमाडौं फर्किएका छन्।



बिहिबार १६, फागुन २०७५ ०९:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal