रुकुम पूर्वका पूर्वमाओवादी कार्यकर्ता सिटौला निवासमा, सिटौलाले गरे कांग्रेसमा स्वागत

Yugnepal     1022 पटक पढिएको    

रुकुम पूर्वका पूर्वमाओवादी कार्यकर्ता सिटौला निवासमा, सिटौलाले गरे कांग्रेसमा स्वागत

काठमाडौं। नेपाली कांग्रेसका नेता तथा पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौलाले रुकुम पूर्वका पूर्व माओवादी कार्यकर्ताहरुलाई नेपाली कांग्रेसका स्वागत गरेका छन्। 

पूर्व माओवादी हुँदै हाल नेकपामा कार्यरत रहेका सात माओवादी कार्यकर्तालाई सिटौलाले कांग्रेसमा स्वागत गरेका हुन्।

पूर्व माओवादी कार्यकर्तालाई लिएर कांग्रेस रुकुम पूर्वका संयोजक केशरमान रोक्का सिटौला निवास पुगेका थिए। 

सिटौला निवासमा पुगेका रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका १२का वीर बहादुर बुढा, कर्मसरी गुरुङ, अम्वर गुरुङ, घमण्ड बुढा, जेतले बुढा, वडा नम्वर १३का प्रेम प्रसाद बुढा र विजय बुढालाई कृष्ण प्रसाद सिटौलाले स्वागत गरेका थिए।

नवप्रवेशीहरुलाई काँग्रेस केन्द्रीय सदस्य उमाकान्त चौधरीले पनि टीका लगाएर स्वागत गरेका थिए। उनीहरुलाई कांग्रेस रुकुम पूर्वका संयोजक केशरमान रोक्काले पनि टीका लगाएर स्वागत गरेका थिए। 

नवप्रवेशीहरुलाई स्वागत गर्दै नेता सिटौलाले नेपालकै पुरानो लोकतान्त्रिक दल कांग्रेसले मात्रै देश र जनताको हित गर्न सक्ने बताए। उनले नेपाली कांग्रेसकव लोकतान्त्रक चरित्रलाई जोगाउँदै पार्टीलाई बलियो बनाउन नवप्रवेशीहरुलाई आआफ्नो ठाउँमा क्रियाशिल हुन निर्देशन दिए। 

भ्रष्टाचार र नातावाद हेर्नुपरे नेकपालाई हेरौं

नवप्रवेशीहरुले माओवादीले रुकुम रोल्पा लगायतका देशभरका सोझा कार्यकर्ताहरुलाई दुरुपयोग गरेर सत्तामा पुगेपछि आफूहरु मात्र मोटाइ देश, जनता र कार्यकर्ताहरुलाई विर्सेको आरोप लगाए। आज देशमा भ्रष्टाचारी र नातावादको नमुना हेर्नुपरे नेकपाका नेताहरुलाई हेरे पुग्ने भन्दै उनीहरुले यस्तो पार्टीमा बस्नु आफूहरुको लागि लज्जाको विषय तथा क्रान्तिप्रति अन्याय हुने बताए। 



बुधबार २२, साउन २०७६ १२:२३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal