बाढीले झोलुंगे पुल बगायो, महाकाली पुलमा सवारी आवागमनमा रोक

Yugnepal     976 पटक पढिएको    

बाढीले झोलुंगे पुल बगायो, महाकाली पुलमा सवारी आवागमनमा रोक

 

धनगढी – सुदूरपश्चिमका पहाडी जिल्ला र कञ्चनपुरमा भएको अत्याधिक वर्षा पछि महाकाली नदीमा पानीको बहाव बढेको छ । पानीको बहाव बढेपछि ठूला सवारी आवागमनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

अहिले महाकाली नदीमा एक लाख तीन हजार क्यूसेक पानी बगिरहेको प्रहरीले जनाएको छ । वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि सवारी साधन आवागमनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

जिप्रका कञ्चनपुरका प्रहरी नायव उपरीक्षक गणेश बहादुर बमका अनुसार महाकाली पुलमा पैदल यात्रुलाई भने ओहोर दोहोर गर्न दिइएको छ । उनका अनुसार अविरल वर्षापछि कञ्चनपुरको जिमुवा, उल्टाखाम, बागफाँटा, लगायतका क्षेत्र जलमग्न भएका छन् ।

वर्षाले धेरै घर भित्र पानी पसेपनि क्षतिको विवरण भने संकलन हुन बाँकी रहेको उनले बताएका छन् । यसै गरी लगातारको वर्षाले त्रिवेणी र बुढिगंगा नगरपालिका जोड्ने ताप्रीसेरामा रहेको झोलुंगे पुलमािथबाट पानी बग्न थालेपछि सो क्षेत्रमा पनि आवतजावत ठप्प बनेको छ ।

पुलमाथिबाट पानी बग्न थालेपछि आवतजावत बन्द भएको वडा अध्यक्ष हिरालाल थापाले जानकारी दिए ।  आवागमन बन्द हुदा त्रिबेणी नगरपालिका र बुढिगंगा नगरपालिकाको सम्पर्कविच्छेद भएको छ । पुलमाथि पानी बगेपछि जति बेला पनि पुल बग्ने सम्भाबना रहेकोले आवतजावत बन्द गरिएको स्थानीय बसन्त थापाले वताएका छन् ।

लगातारको वर्षाले बाजुराका अन्य झोलुंगे पुल पनि जोखिममा रहेका जिल्ला प्रहरी कार्यालय बाजुराले जानाएको छ । बुढिगंगा नदीले बाजुराको द्धावारी, तिपाडा, राप्क, अछामको साँफे, बुढाबगर लगायत ठाउँका दर्जनौ पुल उच्च जोखिममा रहेका छन् । त्यस्तै कर्णाली नदीको पिलुचौर जुकोट पुल उच्च जोखिममा रहेको स्थानीयबासिले जानकारी दिएका छन् ।

बुढिगंगा नदीको द्धावारीमा रहेको झोलुंगे पुल बगाइसकेको स्थानीय धन जैशीले वताए । वाईवाधु जोड्ने पुल, गोत्रि साप्पाटा पुल, रुगिन मुगुबाजुरा हुम्ला जोडने आधा दर्जन पुल जोखिममा रहेको हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले वताएका छन् ।

पुल छुने गरी कर्णाली नदिमा पानीको बहाव बढेपछि बाजुराका कर्णाली पारिका वाई, साप्पाटा, जुकोट गाबिसमा आवतजावत प्रभावित बनेको अध्यक्ष मल्लले बताए।



मङ्गलबार २१, साउन २०७६ ०८:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.