चीनले बनाउदैछ चारवटा गगनचुम्बी भवनमाथि २ सय ५० मिटर लामो अर्को भवन

विदेश

Yugnepal     1057 पटक पढिएको    

चीनले बनाउदैछ चारवटा गगनचुम्बी भवनमाथि २ सय ५० मिटर लामो अर्को भवन

चीनले बनाउदैछ चारवटा गगनचुम्बी भवनमाथि २ सय ५० मिटर लामो अर्को भवन

काठमाडौ । चीनको चोङकिङ प्रोजेक्ट आफैंमा एक महत्वपूर्ण योजना बन्न पुगेको छ । सामान्य किसिमका भवनहरु सोझो बनाइन्छ तर यो योजनाको एक गगनचुम्बी भवन तेर्सो बनाइँदै छ । सो भवन चारओटा गगनचुम्बी भवनमाथि छ । यो २ सय ५० मिटर लामो छ । उक्त विश्वको पहिलो सुतेको भवन हो ।
 
भवनलाई क्रिस्टल नाम दिइएको छ । यसलाई विश्वको चर्चित आर्किटेक मोशे सफ्दीले डिजाइन गरेको हो । यसको क्षेत्रफल ११ लाख वर्गकिलोमिटर छ । रातको समयमा यहाँ प्रकाशको ठूलो किरण देख्न सकिन्छ । यो भवन अब छिटै नै पूरा हुने क्रममा छ ।
 
क्रिस्टलमा २ लाख ३० हजार वर्गमिटरको सपिङ मल, १४ सय अपार्टमेन्ट, एक विलासी होटलको साथै १ लाख ६० वर्गमिटरको कार्यालयको स्थान हुनेछ । यो भवनका लागि ३ अर्ब ७० करोड डलर रकम छुट्याइएको छ ।

क्रिस्टल भवनको डिजाइन चीनको पारम्परिक नौकाजस्तै गरी गरिएको छ । यहाँबाट यांट्जी र जियालिङ नदीको दोभान पनि देख्न सकिन्छ । भवन निर्माणको एसियाको सबैभन्दा ठूलो रियल एस्टेट कम्पनीमध्येको एक क्यापिटाल्याण्डले गरिरहेको छ । यसका कामु सीईओ ल्यूकास लोहले यो भवन बन्नका लागि ६ वर्षको समय लागेको थियो ।

यसलाई उत्कृष्ट इन्जिनियरिङ्गको नमुना पनि भन्न सकिन्छ । यो भवन हेर्न विदेशबाट पनि मानिसहरु आउने आउने अनुमान छ । सिंगापुरको मरीना समुद्री किनारामा पनि मरीना स्याण्ड्स होटल पनि यसै किसिमले बनाइएको थियो । यहाँ जमिनबाट २ सय मिटरको उचाइमा तीन भवनलाई जोडेर एक स्विमिङ पुल बनाइएको छ । यसको आर्किटेक पनि मोशे सफ्दी नै थियो ।



बिहिबार १६, फागुन २०७५ ०८:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.