सिरहामा डाका पक्राउ

Yugnepal     607 पटक पढिएको    

सिरहामा डाका पक्राउ

सिरहा  ।  सिरहाबाट फरार प्रतिवादीको रुपमा रहेका सिरहाको बिष्णु पुर गाउँपालिका (३ राजपुरका  २० बर्षिय रुपेश कुमार यादवलाई प्रहरीले पक्राउ गरेको  छ । डाका मुद्दा परेका यादव बिगत केहि दिनदेखि  छिमेकी मुलुक भारतमा लुकिछिपी बस्दै आएका  थिए ।

डाका मुद्दामा केही दिनदेखि फरार रहेका यादवलाई सिरहा प्रहरीले शनिबार पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय बिष्णुपुरबाट खटिएको नेपाल प्रहरीको टोलीले सूचनाको आधारमा पक्राउ गरेका छन । फरार रहेका यादवलाई ईलाका प्रहरी कार्यालय बिष्णुपुर प्रहरीको गस्ती टोलीले बिष्णुपुरगाउँ पालिका (३ राजपुरबाट पक्राउ  गरेरको हो ।

पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता अपिलराज बोहराले बताए ।



सोमबार २०, साउन २०७६ ०१:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.