दाइजो कम ल्याएको भन्दै छोरीको हत्या गरिएको माइतीको आरोप, ज्वाइ पक्राउ

Yugnepal     1024 पटक पढिएको    

दाइजो कम ल्याएको भन्दै छोरीको हत्या गरिएको माइतीको आरोप, ज्वाइ पक्राउ

रौतहट । श्रीमतीको हत्यामा संग्लन रहेको आरोपमा  प्रहरीले श्रीमान्लाई पक्राउ गरेको छ । राजपुर नगरपालिका–१ बस्ने २५ वर्षीय सन्तोष साह सोनारले श्रीमती लालमुनी देवीको हत्या गरेको माइती पक्षको भनाइ छ ।

दाइजो रकम कम ल्याएको भन्दै श्रीमान् सन्तोष, ससुरा राजेन्द्र साह सोनार र सासू प्रमिला देवीले घाँटी थिची हत्या गरेको माइती पक्षको आरोप छ । विसं २०७३ पुस १३ गते बेलुका श्रीमान्, ससुरा र सासू मिलेर घाँटी थिची हत्या गरेको तर उनीहरुले घटनालाई आत्महत्या बनाउन बुहारी लालमुनी सुत्ने कोठाको पङ्खामा साडीको पासो लगाई नाटक गरेको भन्दै माइती पक्षले प्रहरीमा उजुरी दिएको थियो ।

आत्महत्या गरी लालमुनी गम्भीर घाइते भएको भन्दै गाउँलेलाई नै खबर नगरी उपचारका लागी वीरगञ्जतर्फ लैजानुले घटना रहस्यमय रहेको भन्दै भारत विहार जटौलिया–१२ बस्ने ५० वर्षीया किशोरी साहले प्रहरीमा उजुरी दिएको थियो । उजुरीका आधारमा ससुरा राजेन्द्र पक्राउ परे पनि अन्य दुई जना फरार रहेकामा सन्तोषलाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङको बेलबारीमा लुकेर बसेको अवस्थामा प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका सन्तोषलाई आवश्यक अनुसन्धानपश्चात् जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



सोमबार २०, साउन २०७६ ०१:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal