एक वर्षमा २६ शान्ति सेना मारिए

संयुक्त राष्ट्रसंघ

Yugnepal     823 पटक पढिएको    

एक वर्षमा २६ शान्ति सेना मारिए


संयुक्त राष्ट्रसंघ 
सिन्ह्वा संयुक्त राष्ट्रसङ्घबाट शान्ति स्थापनाका लागि खटिएका मध्ये सन् २०१८ मा २६ जना शान्ति सेनाको मृत्यु भएको छ । 

राष्ट्रसङ्घको नेतृत्वमा खटिएका ३४ मध्ये २६ जना राष्ट्रसङ्घका कर्मचारीको मृत्यु भएको हो भने अरु आठ जना सर्वसाधारण परेका छन् । 

उनीहरु सबै जना घृणित आक्रमणमा परी मारिएको राष्ट्रसङ्घीय प्रवक्ता स्टेफन दुजार्रिकले बिहीबार जानकारी दिनुभयो । 

यद्यपी, सन् २०१८ मा मारिनेहरुको संख्या पछिल्ला पाँच बर्षमा सबैभन्दा कम भएको पनि उहाँले बताउनुभयो । यो संख्या सन् २०१७ को भन्दा आधा कम भएको नियमित पत्रकार सम्मेलनमा उहाँले जानकारी दिनुभयो । 

राष्ट्रसङ्घले तयार पारेको प्रतिवेदन अनुसार सबैभन्दा धेरै ११ जना अफ्रिकी मुलुक मालीमा मारिएका छन् । त्यसपछि धेरै प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा आठ जना र मध्य अफ्रिकामा सात जना मारिएको प्रतिवेदनमा उल्लेख छ । 

सन् २०१२ देखि अहिलेसम्म शान्ति स्थापना कार्यमा खटिएका मध्ये तीनसय ४४ जना विभिन्न आक्रमणमा परी मारिएको राष्ट्रसङ्घले जनाएको छ ।



शुक्रबार १८, माघ २०७५ ०३:२३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal