नेपालमा विवादित बनेको आइफा अवार्ड चीनमा  !

Yugnepal     702 पटक पढिएको    

नेपालमा विवादित बनेको आइफा अवार्ड चीनमा  !

काठमाडौं । नेपालमा विवादित बनेको इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) चीनमा हुने सम्भावना बढेको छ । 

कार्यक्रम काठमाडौंमा आयोजना गर्ने सरकारको निर्णयमा धेरै विवाद आएपछि सरकार पछि हट्दा चीन इच्छुक देखिएको हो । 

उक्त कार्यक्रम बेइजिङमा हुने सम्भावना बढेको छ । स्रोतका अनुसार बेइजिङले कार्यक्रम आयोजना गर्न इच्छा देखाएको छ । 

केपी शर्मा ओली नेतृत्वको सरकारले नै नेपालमा आयोजना गर्ने निर्णय गरेर सडकदेखि सदनमा विरोध भएपछि पछि हटेको थियो । 

गत असार ८ गते बसेको मन्त्रिपरिषदको बैठकले आइफाको २० औं संस्करण काठमाडौँमा गर्ने निर्णय गरेको थियो ।

नेपाल पर्यटन बोर्डले पर्यटन वर्ष २०२० लक्षित गरी अवार्ड समारोहको नेतृत्व लिएको थियो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले काठमाडौं महानगरपालिका सहआयोजक हुनेगरी उक्त अवार्ड कार्यक्रम गरिने बताएका थिए।

अवार्ड अगष्ट अन्तिम साता आयोजना हुने भनिएको थियो । अवार्ड समारोह आयोजना गर्नका लागि सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्डयनका राज्यमन्त्री धनबहादुर बुढाको संयोजकत्वमा उच्चस्तरीय समिति समेत बनाएको थियो ।

अवार्डमा आउने कलाकार, निर्देशक र निम्तालुका लागि बस्ने व्यवस्था पर्यटन बोर्ड र महानगरले गर्ने गरी कार्यक्रम तय भएको थियो । यो कार्यक्रम आयोजना गर्दा नेपाल सरकाको १ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको थियो ।

सरकारले नै यति धेरै रकम खर्च गरेर अवार्ड गर्न लागिएको भन्दै जनस्तरबाट विरोध भएको थियो । केपी शर्मा ओलीले भने भ्रमण वर्षलाई सफल पार्न पनि यो खर्च गरिन लागेको तर्क गरेका थिए । 

तर आइफाले के कस्तो किसिमको नेपाललाई फाइदा हुन्छ त भन्नेबारे ओली सरकारले कुनै ठोस जवाफ दिन नसकेपछि आफै पछाडि हट्न पुगेको थियो । 

अहिले आएर यो अवार्डलाई बेइजिङले इच्छा देखाएको हो । आइफा अवार्ड सन् २००० देखि हरेक वर्ष बलिउडका कलाकारहरुले आयोजना गर्दै आएका छन् । 

आइतबार १९, साउन २०७६ १०:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...

Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.