बिहीबार राष्ट्रिय शोक मनाइने, राजकीय सम्मानका साथ मन्त्री अधिकारीको अत्यष्टि गरिने
बिहीबार राष्ट्रिय शोक मनाइने, राजकीय सम्मानका साथ मन्त्री अधिकारीको अत्यष्टि गरिने
काठमाडौं । पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित सातजनाको मृत्यु हुने गरी भएको हेलिकोप्टर दुर्घटनापछि सरकारले बिहीबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । मन्त्रिपरिषदको आकस्मिक बैठकले यस्तो निर्णय गरेको गृहमन्त्री रामबहादुर थापाले जानकारी दिए ।
बिहीबार राष्ट्रिय शोक मनाउने र मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्तिम संस्कार गर्ने निर्णय गरेको उनले जानकारी दिए ।
सरकारले राष्ट्रिय शोकका दिन सार्वजनिक कार्यालय, शैक्षिक संस्था र विदेशस्थित नियोगहरुमा बिदा दिने निर्णय गरेको छ । त्यसैगरी दुर्घटनाका बारेमा छानबिन गर्न ४ सदस्यीय आयोग गठन गरेको छ । पूर्वसचिव यज्ञप्रसाद गौतमको नेतृत्वमा बनेको समितिमा नेपाली सेनाको दिपक बास्तोला, क्याप्टेन प्रमोद लामा र सदस्य सचिव बुद्धिसागर लामिछाने रहेका छन् ।
यस्तो छ सरकारको निर्णय
प्रतिकृया दिनुहोस