विश्वका घुम्नलायक उत्कृष्ट १० शहर मध्ये काठमाडौं ५ औं स्थानमा

पर्यटन

Yugnepal     843 पटक पढिएको    

विश्वका घुम्नलायक उत्कृष्ट १० शहर मध्ये काठमाडौं ५ औं स्थानमा

विश्वका घुम्नलायक उत्कृष्ट १० शहर मध्ये काठमाडौं ५ औं स्थानमा

५ फागुन, काठमाडौं । विश्व प्रसिद्ध लोन्ली प्लानेटले विश्वका घुम्नलायक विश्वका उत्कृष्ट १० शहर मध्ये काठमाडौंको नाम पाँचौ स्थानमा रहेको छ ।

पर्यटन प्रवद्र्धन, प्रचार प्रसारमा काम गर्दै आएको लोन्ली प्लानेटले सन् २०१९ का घुम्नलायक उत्कृष्ट १० शहरको सूचीमा काठमाडौंलाई समावेश गरेर नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याएको छ ।

सन् २०२० लाई नेपाल सरकारले नेपाल भ्रमण वर्ष घोषणा गरेको र सो अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

वि।सं।२०७२ को ‘गोरखा भूकम्प’ ले क्षति पुर्याएका पूरातात्विक महत्वका सम्पदाको पुनः निर्माणले गति लिएको र धेरै जसो पुन स् निर्माण पनि सम्पन्न भइसकेको भन्दै काठमाडौं घुम्नलायक शहरको रुपमा रहेको उक्त संस्थाको ठहर छ ।

मन्दिर, कला र संस्कृतिले भरिपूर्ण काठमाडौं उपत्यकामा पछिल्लो समय सूचना तथा प्रविधिको पनि सहज प्रयोग गर्न पाइने विवरणमा उल्लेख छ । क्षति भएका पूरातात्विक महत्वका सम्पदाको पुन स् निर्माण, तथा नेपालीको पाहुनालाई स्वागत गर्ने शैलीका कारण पनि जो कोहीलाई आकर्षित गर्न सक्छ ।

यस्तै पूराना स्मारक तथा अन्य परम्परागत कला कौशल पनि पर्यटकका लागि अर्को आकर्षणको विषय बन्न सक्छ । ढुङ्गे धारा, हिटी, देवल तथा काठमाडौं पाटन र भक्तपुर दरबार स्वायर पर्यटकका लागि खुला संग्र्रहालय जस्तै लाग्न सक्छ ।

टे«किङ एजेन्ट्स एसोशिएसन अफ नेपाल टानका अध्यक्ष नवराज दाहालले विश्व प्रसिद्ध पर्यटनसम्बन्धी जानकारी दिने लोन्ली प्लानेटले काठमाडौंलाई सन् २०१९ को घुम्नलायक उत्कृष्ट १० शहरमा राख्नुु नेपाल र नेपालीका लागि खुसीको विषय भएको प्रतिक्रिया दिएको छ ।

नेपालको पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्न यस्ता विषयले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने भनाई छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको र २० लाख पर्यटक भित्र्याउने बताइरहेको बेला काठमाडौं उपत्यकामा बाँकी रहेको पुन स् निर्माण, ट्राफिक जाम तथा अन्य केही समस्या भने समयमै हटाउने तर्फ पहल गर्नुपर्ने छ ।

पर्यटकको संख्या मात्रै बढाउने नभई गुणस्तरीय पर्यटनमासमेत जोड दिएको सन्दर्भमा विश्व प्रसिद्ध संस्थाहरुको घोषणा हाम्रा लागि सकारात्मक चुनौती हुने अध्यक्ष दाहालको टिप्पणी छ ।

प्लानेटले घुम्नलायक उत्कृष्ट शहरको पहिलो नम्बरमा डेनमार्कको कोपनहेगन, दोस्रोमा चीनको सेन्जेन, तेस्रोमा सर्वियाको नोभीसाड, चौथोमा अमेरिकाको मियामी, पाचौमा काठमाडौँ, छैठौंमा मेक्सिकोको मेक्सिको शहर, सातौँमा सेनेगलको डाकार, आठौँमा अमेरिकाको सिएटल, नवौँमा क्रोएशियाको जदार र दशौँमा मोरक्कोको मेक्नेसलाई घुम्नलायक उत्कृष्ठ १० शहरमा समावेश गरेको छ ।



बुधबार १५, फागुन २०७५ ०८:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.