मलाई छोडेर अरु सँग गएपनी,खाडीको ५० डिग्रीको घाममा रगत र पसिना बगाएर कमाएको पैसा फिर्ता गरिदेउ

Yugnepal     864 पटक पढिएको    

मलाई छोडेर अरु सँग गएपनी,खाडीको ५० डिग्रीको घाममा रगत र पसिना बगाएर कमाएको पैसा फिर्ता गरिदेउ

तिम्रो नाममा कोरिरहेको यो पत्र कसरी सुरु गरुँ, आफैँ दोधारमा छु । यो कुनै प्रेम पत्र होइन कि यसमा मायाका कुराहरु हुनेछ । यो त केवल आग्रहपत्र हो, जसमा तिम्रो नाममा मैले आफ्ना मनका बहहरु पोख्दैछु ।मनिषा, तिमी मैले माया गरेको मान्छे । अनि, म तिमीले माया गरेको । एक–आपसमा माया गर्ने क्रममा हामीबीच कैयन् माया अनि प्रेमका कुराहरु भयो होलान्, कैयन् सुख दुखका कुराहरु पनि भयो । तर, आज म तिम्रो नाममा एउटा आग्रह पत्र लेख्दैछु, यो पत्र अन्तिमसम्म पढेर मेरो आग्रहलाई न्याय गर्नेछौँ, यसमा म विश्वस्त छु ।

महिना ठ्याक्कै याद छैन । ०६६ सालको एउटा महिना, झिसमिसे साँझमा तिमीसँग भेट भएको थियो मेरो । त्यही भेटले हामीलाई नजिक बनायो । ०६६ सालदेखि नै हामी प्रेम सम्बन्धमा रह्यौँ । प्रेम सम्बन्धमा रहँदा–रहँदै म मलेसिया गए । मलेसिया हुँदा पनि तिमी र म बीच उति नै कुराकानी भइरहेको थियो । मैले तिम्रो अनि तिमीले मेरो सञ्चो बिसञ्चो दैनिक रुपमा सोधेकै हो ।

मनिषा(मलेसियामा ४ वर्ष निरन्तर पसिना बगाएपछि म नेपाल फर्के । नेपाल फर्केपछि बिहे गर्ने तिम्रो र मेरो सहमति थियो नै । २०७२ साल वैशाख ०१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिदा मनमा उत्साह थियो, अनि हर्ष पनि । किनकी तिम्रो र मेरो भेट मात्रै हुँदै थिएन, हाम्रो विवाह पनि हुँदै थियो ।मेरो त्यो खुसी १० वैशाख २०७२ मा पूरा भयो । अर्थात् यही दिनमा हामीले हाम्रो प्रेम सम्बन्धलाई सामाजिक रुपमा विवाहमा परिणत गर्यौ । त्यतिबेला मैले तिमीलाई पाउँदा आफ्नो जीवन पाएको अनुभूति गरेको थिए । किनकी तिमी मेरो खुसी थियौँ, प्राण थियौँ ।

घरमा राख्दा तिमीलाई दुख हुन्छ भन्ने सोचेर मैले तिमीलाई काठमाडौँ बालुजाको ढुंगेधारामा ल्याए । अनि, तिमी र म कोठा लिएर बस्यौँ । १ वर्षसम्म हामी सँगै रह्यौँ । त्यसपछि तिम्रै सल्लाहमा म कतार हान्निए । २०७३ सालको भदौमा तिमीलाई छाडेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र छिर्दै गर्दा मन गहु्रगो थियो । मन भारी थियो । तिमीलाई छाडेर जाने मन थिएन, तर पैसा नै सबथोक हो भन्ने तिम्रो सुझाव मानेर विदेशिनु बाहेक मसँग विकल्प थिएन, मनिषा । कतार जाँदा मैले तिमीलाई ३ लाख रुपियाँ छाडेको थिए । कतारमा मेरो कमाई राम्रै थियो । तिम्रो र मेरो हाई हेल्लो पनि राम्रै थियो । मैले कमाएको रकम तिम्रै नाममा पठाएको पनि थिए ।



बिहिबार १६, साउन २०७६ ०१:३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.