कैलालीमा अपराधको पराकाष्ठा, बुवाबाटै छोरी बलात्कृत,छोराले गरे बुवाको हत्या

Yugnepal     612 पटक पढिएको    

कैलालीमा अपराधको पराकाष्ठा, बुवाबाटै छोरी बलात्कृत,छोराले गरे बुवाको हत्या

पछिल्ला केही वर्ष यता कैलालीमा अपराधिक घटना बढ्दै गएका छन् । कर्तव्य ज्यान, बलात्कार, तस्करी र चोरी डकैती सम्बन्धी अपराध बढ्दै गएको कैलाली प्रहरीले जनाएको छ । आर्थिक वर्ष ०७३र०७४ मा जिल्ला प्रहरी कार्यालयमा २० कर्तव्य ज्यान सम्बन्धी, ३ ज्यान मार्ने उद्योग, ४८ विष खाएर मृत्यु र १ सय १६ जनाले झुन्डिएर आत्महत्या गरेको प्रहरी तथ्याङ्कमा उल्लेख छ ।
यी अपराधका घटना आर्थिक वर्ष ०७४र०७५ मा केही बढेका छन् । यो आर्थिक वर्षमा १२ कर्तव्य ज्यान सम्बन्धी, ११ ज्यान मार्ने उद्योग, ७३ विष खाएर मृत्यु र १सय २८ जनाले झुन्डिएर आत्महत्या गरेका छन् ।
आर्थिक वर्ष ०७५र०७६ मा अपराधका घटना अझ बढेका छन् । यो अवधिमा १६ कर्तव्य ज्यान सम्बन्धी, ३० ज्यान मार्ने उद्योग, ४८ विष खाएर मृत्यु र १ सय ५० जनाले झुन्डिएर आत्महत्या र ८ जनाले आत्म हत्या दुरुत्साहन गरेको कैलाली प्रहरीले जनाएको छ । यो बाहेक आर्थिक वर्ष ०७३र०७४ मा १सय ४८,सार्वजजिनक कसुर सम्बन्धी, ४ मानव बेचबिखन तथा ओसार पसार, ९ बहु विवाह, ६२ सवारी ज्यान सम्बन्धी घटना घटेका छन् ।
आर्थिक वर्ष ०७४र०७५ मा २ सय ९४ ,सार्वजजिनक कसुर सम्बन्धी, ९ मानव बेचबिखन तथा ओसार पसार,१७ बहु विवाह, ६४ सवारी ज्यान सम्बन्धीका घटना रहेका छन् । यस्तै आर्थिक वर्ष ०७५र०७६मा ३ सय ६६ ,सार्वजनिक कसुर सम्बन्धी, १७ मानव बेचबिखन तथा ओसार पसार,२३ बहु विवाह, ६१ सवारी ज्यान सम्बन्धीका घटना रहेको कैलाली प्रहरीले जनाइको छ ।
एक वर्ष यता घर परिवारकै सदस्य बाट ९ जनाको हत्या 
कैलालीमा एक वर्षको अवधिमा आफ्नै घर परिवारका सदश्य बाट ९ जनाको हत्या भएको छ ।अंशवण्डा, मादक पदार्थ सेवन र रिसको आवेगमा आएर आफ्नै परिवारका सदस्यको हत्या गर्ने क्रम बढेको कैलाली प्रहरीले जनाइएको छ ।
गत आइतबार राति मात्रै कैलालीको गोदावरी नगरपालिका– ५, बरबट्टामा छोराले चिर्पटले हानेर बुबाको हत्या गरे । अंशवण्डाको विवादमा ३० वर्षीय रामबहादुर कुमालले चिर्पटले हान्दा ६० वर्षीय बुबा अम्मरसिंह कुमालको मृत्यु भयो ।
साउन ६ गते घोडाघोडी नगरपालिका– ११, सिसैयाका ५५ वर्षीय उदय राउतले धारिलो हतियार प्रहारबाट आफ्नै बुबाआमाको हत्या गर े। उनले धारिलो हतियार प्रहारबाट ७५ वर्षीय बुबा काल्चे रावत र आमा नन्दा रावतको हत्या गरेका हुन् ।
मादक पदार्थ सेवन गरेर उनले आमाबुबाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक दक्ष कुमार बस्नेतले बताए । गत मंसिर ३१ गते लम्की चुहा नगरपालिकाको बलियामा जहरलाल चौधरीले ६० वर्षीय बुबा पल्टु थारू र ५० वर्षीय काका चनक थारूको हत्या गरे ्। उनले अंशवण्डामा कुरा नमिल्दा हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुल्यो ।


यस्तै, गत असोज ६ गते टिकापुर नगरपालिका–कालिमाटीमा बुबाले छोराको हत्या गरेका छन् । ८३ वर्षीय पहले लुहारले धारिलो हतियार प्रयोग गरी आफ्नै ५२ वर्षीय छोरा कृते लुहारको हत्या गरे ।
गत कात्तिक १७ गते गोदावरी नगरपालिका– ७, लालपुरकी ३९ वर्षीय हिरादेवी नागरीको उनकै श्रीमान् विजय नागारीले हत्या गरे । गत भदौ २९ गते गोदावरी नागरपालिका– १०, दमौराकी तुलसी फुलारा भट्टको उनकै श्रीमान् प्रशान्त भट्टले हत्या गरे । गौरीगंगा नगरपालिका– ६ की निर्मला साउदलाई उनकै श्रीमान् लालबहादुर साउदले हत्या गरे ।
माया प्रेम, भागवण्डा, मदिरा सेवन तथा रिसको आगेवमा कैलालीमा एक वर्षको अवधिमा आफ्नै जन्म दिने आमा–बुबा तथा श्रीमानले श्रीमती र श्रीमतीले श्रीमानको गरी नौ जनाको हत्या भएको कैलालीका प्रहरी उपरीक्षक दक्ष कुमार बस्नेतले बताए ।

लागु औषध मुख्य चुनौती
कैलाली लागु औषध प्रयोग तथा ओसार पसारको अखडा बन्दै गएको छ । खुल्ला सिमाना र सहज उपलब्धताका कारण दिन प्रतिदिन प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको प्रहरीले जनाएको छ । लागुऔषधकै कारण कैलालीमा जघन्य अपराघ भइरहेको प्रहरीको दाबी छ । लागु औषध प्रयोगकर्ता नै हत्या,हिंसा,बलात्कार,चोरी डकैती जस्ता क्रियाकलापमा संलग्न हुने गरेको कैलाली प्रहरी प्रमुख,प्रहरी उपरीक्षक सुदिप गिरीले बताए ।
लागुऔषधनै मुख्य चुनौती वनेको उनको दाबी छ । पछिल्लो समय लागु औषध प्रयोग तथा ओसार पसारमा महिलाको संग्लग्नता बढ्दै भइरहेको कैलाली प्रहरी प्रमुख गिरीले दाबी गरे । उनले भने यसले झन् विकराल समस्या निम्ताएको छ । लागुऔषतको दलदलमा फसेका युवती नै देहव्यापार देखी अन्यकिसिमका अपराधका घटना बढाउने गरेको उनको भनाई छ । यसको नियन्त्रणको लागी सुरक्षा रणनीति मजबुत बनाइएको उनको दाबी छ ।
आर्थिक वर्ष ०७४र०७५मा जिल्ला प्रहरी कार्यालय कैलालीमा दर्ता भएका ७१ लागु औषध सम्बन्धी मुद्धामा १ सय ८ जनालाई प्रक्राउ गरिएकोमा आर्थिक वर्ष ०७५र०७६मा दर्ता भएका ८७ मुद्धामा १सय १७ जनालाई पक्राउ परिएको कैलाली प्रहरी प्रमुख गिरीले बताए । चालु आर्थिक ०७६र०७७को साउन १३ सम्म लागु औषध सम्बन्धी परेका ५ मुद्धामा ५ जनालाई पक्राउ गरेको उनले जानकारी दिए ।
श्रृङ्खलावद्ध चोरीका घटना 
केही वर्ष यता कैलालीमा श्रृङ्खलावद्ध रूपमा चोरीका घटना बढेका छन् । सुदूरपश्चिम प्रदेशकै राजधानी रहेको कैलालीमा उच्च सुरक्षाका बिच पनि चोरीका घटना बढ्दै गए पछि कैलाली प्रहरीलाई चुनौती थपिएको छ ।
सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा श्रृखंलाबद्ध चोरीका घटना बढ्दै गए पछि सर्वसाधारण त्रसित बनेका छन् । प्रदेश राजधानीमै फितलो सुरक्षा व्यवस्थाका कारण चोरी हुने क्रम बढेको स्थानीयको आरोप छ ।
गत वैशाख देखि आषाढसम्म मात्रै कैलालीमा ६० वटा चोरीका घटना भएको प्रहरीको तथ्यांङकमा छ । आर्थिक वर्ष आर्थिक वर्ष ०७३र०७४ मा १८ चोरीका घटना घटेको मा ४ सवारी चोरी भएको मा आर्थिक वर्ष ०७४र०७५ मा २६ चोरीका घटना घटेका छन् ।
यस्तै आर्थिक वर्ष ०७५र०७६ मा ९६ चोरीका घटना घटेकोमा ७ सवारी चोरीका रहेका छन् । प्रहरी तथ्याङ्कलाई हेर्ने हो भने चोरीका घटना पनि बर्से्िन बढ्दै गइरहेका छन् ।
बलात्कारका घटना बढ्दै
कैलालीमा बलात्कारका घटना पनि श्रंखलावद्ध रूपमा बढ्दै गएका छन् । पछिल्लो केही वर्ष यता बलात्कारका घटना सम्बन्धी उजुरी बढ्न थालको कैलाली प्रहरीले जनाएको छ । पछिल्लो तिन वर्ष यता कैलालीमा बुवाबाटै छोरी सम्म बलात्कृत हुन पुगेकी छन् । यो अवधिका सामूहिक बलात्कार र बलात्कारको प्रयासका घटना बढेको कैलाली प्रहरीले जनाएको छ ।
कैलाली प्रहरीका अनुसार आर्थिक वर्ष ०७३र०७४ मा ३० बलात्कार र ८ बलात्कारको प्रयासका मुद्दा दर्ता भएकोमा आर्थिक वर्ष ०७४र०७५मा ४१ बलात्कार र २५ बलात्कारको प्रयास सम्बन्धी मुद्दा परेका छन् । बलात्कारका घटना बढ्दै भइरहेका छन् । आर्थिक वर्ष ०७५र०७६मा ८२ बलात्कार र ३७ बलात्कारको प्रयास सम्बन्धी मुद्दा जिल्ला प्रहरी कार्यालय कैलालीमा दर्ता भएका छन् ।
किन बढ्दै छन् अपराध, कहाँ चुक्यो प्रहरी रु
सुदूरपश्चिम प्रदेशकै राजधानी रहेको कैलालीमै श्रंखलावद्धरुपमा जघन्य अपराधका घटना बढ्दै गए सँगै सुरक्षा निकायको आलोचना बढ्न थालेको छ । कैलालीमा शान्ति,सुरक्षा अमन चयन कायम गर्न प्रहरी चुकेको यसक्षेत्रका सरोकारवालाहरू बताउँछन् । आर्थिक मुनाफाका लागी प्रहरीले नै आपराधिक समहहरु सँगै सेटिङ मिलाउने गरेको सरोकारवालाहरूले आरोप लगाएका छन् ।
प्रहरी नै अपराधीहरूसँग पैसाको मोलमोलाइमा लाग्ने गरेका कारण कैलालीमा जघन्य अपराध बढ्दै गएको यसक्षेत्रका सरोकारवालाहरूले टिप्पणी गरेका छन् । तर कैलाली प्रहरी प्रमुख,प्रहरी उपरीक्षक सुदिप गरिने त्यसको खण्डन गरेका छन् । विगतको तुलनामा प्रहरी सक्रियता बढेको उनको दाबी छ । प्रहरी सक्रियताकै कारण अपराधका घटना सार्वजनिक हुन थालको उनको भनाई छ । लागु औषध प्रमुख चुनौतीका रूपमा रहेको प्रहरी उपरीक्षक गिरिले बताए । यसको नियन्त्रणको लागी विशेष अप्रेसन थालेको उनको भनाई छ ।
कैलालीमा जनशक्तीकम भएका कारण सुरक्षा चुनौती बढेको बताए । उनले भने, ‘संयुक्त राष्ट्रसङ्घको अध्ययान अनुसार एक प्रहरी ले ३ सय ३३ जना बढी नहर्नु पर्ने भएको छ तर नेपालको हकमा एक प्रहरीले ४ सय ३५ हेरिरहेको छ ।’
उनका अनुसार अझ कैलालीमा एक प्रहरीले ११ सय जना हेर्नुपर्ने बाध्यता छ । तत्काल जनशक्ति थप्न आवश्यक रहेको गिरिले बताए । हाल कैलालीमा एक प्रहरीले दैनिक रूपमा १३ घण्टा डिउटी गरिरहेको उनले बताए । उनले भने, ‘आवश्यक परे डिउटी संयम बढाउन सकिन्छ तर जिल्लाको शान्ति सुरक्षामा कमजोर हुने छैन ।’ सुदूर खबर बाट साभार ।



बिहिबार १६, साउन २०७६ ०१:३३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.