डडेल्धुरामा रहेको एनसेल टावरमा आगजनी

Yugnepal     599 पटक पढिएको    

डडेल्धुरामा रहेको एनसेल टावरमा आगजनी

डडेल्धुरा, साउन १६ । अज्ञात समूहले डडेल्धुरामा गएराति एनसेलको टावरमा आगजनी गरेको छ। जिल्लाको आलिताल गाउँपालिका–२ काफलीडाँडामा रहेको टावरमा आगजनी गरिएको हो।

बुधबार राति साढे ११ बजेतिर टावरमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका प्रहरी निरिक्षक लक्ष्मण खड्काले जानकारी दिए। जिल्ला सदरमुकामबाट टाढा रहेकाले अहिले प्रहरी घटनास्थल पुगेको उनले बताए।

‘अहिले प्रहरी टोली घटनास्थल पुगेको छ।’ उनले भने, ‘क्षतिको विवरण आउन बाँकी छ।’ टावरमा आगजनी भएपछि गएरातिदेखि नै जिल्ला सदरमुकाम क्षेत्रमा एनसेलको टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ। सुदूर खबर बाट साभार । 



बिहिबार १६, साउन २०७६ ११:२७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal