हेलिकप्टर दुर्घटना, ५ को शव भेटियो

देश

Yugnepal     814 पटक पढिएको    

हेलिकप्टर दुर्घटना, ५ को शव भेटियो

हेलिकप्टर दुर्घटना, ५ को शव भेटियो


ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी चढेको एयर डाइनेस्टी हेलिकोप्टर ताप्लेजुङको पाथिभरा नजिक दुर्घटनामा परेको हो । दुर्घटनामा ५ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको चुहान डाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न गएको थियो ।

मन्त्रीसहित हेलिकोप्टरमा पर्यटन व्यवसायी आङछिरङ शेर्पा, प्रधानमन्त्रीका स्वकीय सचिव युवराज दाहाल, अर्जुन गुरुङ, विरेन्द्र कुमार श्रेष्ठ लगायत सवार थिए । हेलिकोप्टर प्रभाकर केसीले उडाएका थिए ।



बुधबार १५, फागुन २०७५ ०३:२२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.