घोडा खच्चरका लागि नि  शुल्क स्वास्थ्य शिविर

Yugnepal     751 पटक पढिएको    

घोडा खच्चरका लागि नि  शुल्क स्वास्थ्य शिविर

गुलरिया,बर्दिया । बर्दियाको सदरमुकाम गुलरियामा घोडा खच्चरलाई निस्शुल्क चेकजाँच गरिएको छ । एक दिने स्वास्थ्य शिविरको आयोजना गरि करिब दुई सयको संख्यामा घोडा खच्चरहरुलाई चेकजाँच गरिएको हो ।

 पशु स्वास्थ्य तालिम तथा परामर्श सेवाको अयोजना तथा पशु सेवा शाखा, जिल्ला पशु विज्ञ केन्द्रको समन्वयमा उक्त स्वास्थ्य शिविर गरिएको छ । अरु जनावर पाल्ने किसान तथा व्यवसायिलाई दिने सेवा सुविधा सरह कम्तिमा हामीलाई पनि दिनु पर्ने अवश्यकता रहेको घोडा खच्चर पाल्नेहरुले बताएका छन ।

गुलरिया नगरपालिका वडा नम्बर ८ का एक घोडा खच्चर पालक किसान सरिफ कसगरले आफुहरुको पुख्र्याउली पेश भएको यसैबाट दैनिक गुजाराको सहारा बनेको समेत बतए । उनले घोडा खच्चरहरु पालेर किनबेच गरिे परिवारिक खर्च चलाउँदै आएको बताए । यसरी स्वास्थ्य शिविर गाँउमा आँउदा आफुलाई खुशि लागेको बताए । यहाँका घोडा खच्चरलाई यस्तो स्वास्थ्य शिविर कम्तिमा मासिक रुपमै गर्नु पर्ने अवश्यकता रहेको बताए ।
नेपाल सरकारले घोडा खच्चर व्यवसायिलाई प्रोत्साहन नगरेको, घोडा खच्चर व्यवसाय गर्नेहरुपनि छन भन्ने कुरा सरकारलाई खोजिको विषय नभएको भन्दै उक्त शिविरको अयोजना गरेको पशु स्वास्थ्य तालिम तथा परामर्श सेवाका पशु कल्यान सहजकर्ता मंगल थारुले बताए ।

 आज औपचारिक रुपमा निस्शुल्क स्वास्स्थ्य शिविर गरिए पनि बर्दिया जिल्लामा अनौपचारिक रुपमा धेरै शिविरहरु संचालन गरिएको चौधरीले भने । पशु स्वास्थ्य तालिम तथा परामर्श सेवाका कार्यक्रम संयोजक भेषराज बास्तोलाले नेपालमा पशु स्वास्थ्य तालिम तथा परामर्श सेवाले विगत २००७ साल देखी नै  घोडा खच्चरको कल्याणको क्षेत्रमा कार्य गर्दे आएको बताए ।

 नेपालका करिब १८ वटा जिल्लाहरुमा यस्तो कार्यक्रम परियोजना मार्फत संचालन भइरहेको उनले जानकारी दिए ।



बुधबार १५, साउन २०७६ ०२:२३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.