अस्ट्रेलियामा १० करोड अस्ट्रेलियन डलर तस्कर गरेको अभियोगमा एक नेपाली पक्राउ

Yugnepal     655 पटक पढिएको    

अस्ट्रेलियामा १० करोड अस्ट्रेलियन डलर तस्कर गरेको अभियोगमा एक नेपाली पक्राउ

अस्ट्रेलियामा अ८वैध रुपमा ठूलो रकम पुर्याएको आ८रोपमा एक नेपाली पनि पक्राउ परेका छन् । करिब ७ अर्ब ६१ करोड १३ लाख रुपैयाँ ९१० करोड अष्ट्रेलियन डलर० अ८बैध कारोबार गरेको अभियोगमा एक नेपाली युवा पक्राउ परेका हुन् । नेपाली ३० वर्षीय विपिन थापासहित अहिलेसम्म ५ जना पक्राउ परिसकेका छन् । विपिनबाहेक अन्य भारतीय छन् । उनीहरुको गिरोह नै भएको अस्ट्रेलिया प्रहरीको दावी छ । यो गिरोहले तीनदेखि चार वर्षको अवधिमा ८ देखि १० करोड अष्ट्रेलियन डलरको अ८वैध हु८ण्डी कारोवार गरेको भेटिएको हो।

अस्ट्रेलिया क्रिमिनल ग्रुप्स स्क्वाडले थापासहित गगनदीप पवा, गोपाली दाह्ल, नितिनी कपिला र मनमिंदर सिंहलाई पक्राउ गरेको हो। यो ठूलो हु८न्डी कारोबारका मुख्य अ८भियुक्त गगनदीप हुन्। दाह्ल उनकी घरेलु साझेदार भएको अ८नुसन्धान अधिकारीहरुले उल्लेख गरेका छन्।द सन्डे मर्निङ हेराल्डकाअनुसार उनीहरुले साउथ–वेस्ट सिड्नीलाई आधार बनाएर अ८वैध हु८ण्डी कारोबार गर्दै आएका थिए। गगनदीप सञ्चालक रहेको कम्पनीको नाउँमा एकै दिन स्रोत नखुलेको ४ लाख ४५ हजार डलर बैंक अफ न्यु साउथ वेल्समा जम्मा भएको थियो। अ८नुसन्धान अधिकारीहरुले त्यहीँदेखि उनीहरुमाथि नि८गरानी बढाएका थिए।

पक्राउ गर्दाका बखत उनीहरुबाट प्रहरीले ४ लाख डलर, पैसा गन्ने मेसिन तथा ३ वटा सवारी साधनसमेत ब८रामद गरेको छ। देखाउनका लागि सेक्युरिटी व्यापारको कम्पनी खडा गरी भित्री रुपमा ठूलो रकमको अवैध कारोबार गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ। पक्राउहरुका तर्फबाट मु८द्दा हेरिरहेका वकिल इजाज खानकाअनुसार अष्ट्रेलियाको कानुनअनुसार अभियोजन ग८म्भीर प्रकृतिको हो। ‘प्रहरीले लगाएको आ८रोपबारे प्रमाण हेर्ने काम गरिरहेको छु। ती आ८रोपहरु निकै ख८राब र गम्भीर खालका छन्। मैले अभियोजन पक्षको मु८द्दाबारेमा टिप्पणी गर्नु अगाडि प्रमाणहरु हेर्न आवश्यक हुन्छ’, उनले भनेका छन्।

अदालतका कागजातअनुसार तीनैजनाले कम्तिमा पनि १० करोड अष्ट्रेलियन डलर बराबरको हु८ण्डी कारोबार गरेको देखिएको छ। गगनदीप सञ्चालक रहेको एजसियोर प्रोटेक्सन सर्भिसेसबाट यो अ८वैध कारोबार भएको हो। आपराधिक समूहबाट आएको रकम समेत उनीहरुको खातामा जम्मा हुने गरेको अ८नुसन्धानले देखाएको छ। सन् २०१६ देखि २०१८ सम्म गगनदीप यस कम्पनीको निर्देशक तथा सचिव थिए। त्यसयता भने दाह्ल यस कम्पनीका निर्देशक र सेयर धनी रहँदै आएकी छिन्। रकम परिचालन गर्ने कार्यमा थापाको सं८लग्नता देखिएको छ।मुध्दा अनुसन्धान गरिरहेका प्रहरी अधिकारीहरु यो प्रकरणमा थप व्यक्ति पक्राउ पर्न सक्ने बताउँछन्।



बुधबार १५, साउन २०७६ ०१:५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.