रियाल मड्रिडलाई हराउँदै टोटनह्याम औडी कपको फाइनलमा, ह्यारी केनको निर्णायक गोल

Yugnepal     687 पटक पढिएको    

रियाल मड्रिडलाई हराउँदै टोटनह्याम औडी कपको फाइनलमा, ह्यारी केनको निर्णायक गोल

काठमाडौं । स्पेनिश फुटबल क्लब रियाल मड्रिडलाई पराजित गर्दै इंगलिश क्लब टोटनह्याम हटसपर औडी कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।


मंगलबार राति जर्मनीमा भएको भएको सेमिफाइनलमा रियाल मड्रिडलाई १–० गोल अन्तरले पराजित गर्दै टोटनह्याम फाइनलमा पुगेको हो ।


एलिनाज स्टेडियममा टोटनह्यामलाई जित दिलाउन कप्तान ह्यारी केनले निर्णायक गोल गरे । केनले खेलको २२ औं मिनेटमा गोल गरेका थिए ।

एडन हजार्डलाई महंगो मुल्यमा भित्र्त्र्याए पनि रियाल मड्रिडका लागि उनले राम्रो खेल्न सकेनन् । 


अब उपाधिका लागि टोटनह्यामले आयोजक वायर्न म्युनिखसंग खेल्नेछ । 
वायर्नले सेमिफाइनलमा टर्किश क्लब फेनरवाचेलाई हराएको हो । वायर्न ६–१ गोल अन्तरले विजयी भएको हो । थोमस मुलरले वायर्नका लागि ह्याट्रिक गरेका थिए । 

त्यसैगरी रेनाटो सान्चेज, रेनाटो गोरेज्गा र किंगस्ले कोमनले १–१ गोल गरे । फाइनल खेल म्युनिखमा हुनेछ । 



बुधबार १५, साउन २०७६ १२:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.